• १६ मंसिर २०८०, शनिबार
  •      Sat Dec 2 2023
  •   Unicode
Logo
Latest
★   रणवीरको ‘एनिमल’ले पहिलो दिन कति कमायो ? ★   दुर्घटनामा दुई जनाको मृत्यु ★   नारायणगोपाल स्मृति सम्मान तारादेवी र रसिकलाई ★   जलवायु परिवर्तनबाट पीडित देशलाई अमेरिकासहित ५ देशले कति गरे सहयोग ★   टिकट चोरीको घटनामा थप एक जना पक्राउ ★   लामा वाङचुक राप्तेनलाई ‘काइन्डनेस एण्ड लिडरसिप’ अवार्ड ★   पोलियो उन्मूलन टोलीमाथि गोली चल्दा पाकिस्तानमा दुई जनाको मृत्यु ★   अराजकता फैलाउनेलाई छुट दिन सकिँदैनः उपप्रधानमन्त्री श्रेष्ठ ★   एमालेको महाकाली-मेची अभियान: मध्यपहाडीलोकमार्गको दूरी छोट्याउन इन्जिनियरसहितको टोली परिचालन ★   दुर्गा प्रसाईंको आन्दोलनलाई राप्रपाको नैतिक समर्थन छ: उपनेता तामाङ

माओवादीले स्थानीय तहको निर्वाचनका लागि चुनावी कमाण्ड बनाउने



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चुनावी कमाण्ड बनाउने भएको छ ।

दुई दिन चलेर सोमबार सम्पन्न केन्द्रीय समिति बैठकले सातै प्रदेश अन्तर्गत विभिन्न जिल्लाहरूलाई समेटेर विभिन्न कमाण्ड बनाउने भएको हो ।

प्रदेश इन्चार्जले प्रदेशभित्रका पार्टी केन्द्रीय सदस्यहरुको बैठक राखेर ती प्रदेशभित्रका जिल्लाहरूलाई विभिन्न समूहमा विभाजन गरेर कमाण्ड बनाउने एक नेताले जानकारी दिए । 

जसका लागि केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्ज समेत तोकेको छ ।

प्रदेश १ को इन्चार्जमा राम कार्की, मधेस प्रदेशको इन्चार्ज गणेश साह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्ट इन्चार्ज तोकिएका छन् ।

त्यस्तै, सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लिलामणि पोखरेललाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।