१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीले स्थानीय तहको निर्वाचनका लागि चुनावी कमाण्ड बनाउने



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चुनावी कमाण्ड बनाउने भएको छ ।

दुई दिन चलेर सोमबार सम्पन्न केन्द्रीय समिति बैठकले सातै प्रदेश अन्तर्गत विभिन्न जिल्लाहरूलाई समेटेर विभिन्न कमाण्ड बनाउने भएको हो ।

प्रदेश इन्चार्जले प्रदेशभित्रका पार्टी केन्द्रीय सदस्यहरुको बैठक राखेर ती प्रदेशभित्रका जिल्लाहरूलाई विभिन्न समूहमा विभाजन गरेर कमाण्ड बनाउने एक नेताले जानकारी दिए । 

जसका लागि केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्ज समेत तोकेको छ ।

प्रदेश १ को इन्चार्जमा राम कार्की, मधेस प्रदेशको इन्चार्ज गणेश साह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्ट इन्चार्ज तोकिएका छन् ।

त्यस्तै, सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लिलामणि पोखरेललाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।