१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढी प्रभावितको उपचारका लागि काठमाडौँका ६ अस्पताल तयारी अवस्थामा डब्ल्युएचओद्वारा रसुवा बाढीपीडितका लागि स्वास्थ्य सामग्री पठाइँदै रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा रसुवा बाढीपछि भन्सारका १४ कर्मचारी सम्पर्कविहीन, खोजी तथा उद्धार जारी भोटेकोशी बाढी : रसुवामा १२ जनाको उद्धार भोटेकोशी बाढी: त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित- फोटो फिचर स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय, अस्पतालमा बेड तथा एम्बुलेन्स तयारी अवस्थामा विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढीप्रति दुःख व्यक्त, उद्धार र राहत तीव्र पार्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा माओवादी केन्द्रले तोक्यो प्रदेश इञ्चार्ज



अ+ अ-

काठमाडौ । नेकपा माओवादी केन्द्रले प्रदेश इञ्चार्ज तोकेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले प्रदेश इञ्चार्ज तोकेको हो ।  प्रदेश १मा  राम कार्की, मधेश प्रदेशमा गणेश शाह, बागमती प्रदेशमा  हितमान शाक्य ,गण्डकी प्रदेशमा मा हितराज पाण्डे, लुम्बिनीप्रदेशमामा चक्रपाणि खनाल, कर्णाली प्रदेशमा  कालीबहादुर मल्ल र सुदूरपश्चिम प्रदेशमा मा खगराज भट्टलाई इञ्चार्जको जिम्मेबारी दिईएको छ ।

यसै गरी सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशको जिम्मेवारी  लिलामणि पोखरेललाई दिईएको छ ।  माओवादी केन्द्रले महत्वपूर्ण विषयहरु थाँती राख्दै स्थानीय तहको निर्वाचनपछि मात्र निर्णय गरेको हो  ।

बैठकका लागि तय गरिएका ६ ओटा प्रस्तावमध्ये केही कार्यविभाजन मात्र तोकिएर बैठक सकिएको छ ।  पार्टीको पदाधिकारी चयन, एमसीसीका सन्दर्भमा नेतृत्वले लिएको निर्णय लगायतका विषयमा विवाद बढ्ने लक्षण देखिएपछि बैठक अत्य गरिएको एक नेताले जानकारी दिनुभयो ।