३ पुष २०८२, बिहीबार
,
Latest
अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलका प्रधानमन्त्री भारत भ्रमणमा आउने



अ+ अ-

नयाँदिल्ली । इजरायलका नयाँ प्रधानमन्त्री नफ्ताली बेनेट भारत भ्रमणमा आउनु हुने भएको छ । उहाँ कहिले आउने एकिन नभएपनि अर्को वर्ष सन् २०२२ मा आउने तयारी भइरहेको इजरायली उच्च अधिकारीले जनाएका छन् ।  

“इजरायली प्रधानमन्त्रीको भारत भ्रमणका लागि हामीले काम गरिरहेका छौँ, अहिलेसम्म भ्रमणको मिति तय भएको छैन, चाँडै नै निधो हुने हाम्रो विश्वास छ,” भारतका लागि इजरायली राजदूतले भन्नुभयो ।  

सन् २०२२ को मध्यतिर प्रधानमन्त्री बेनेटले भारतको भ्रमण गर्नुहुने अपेक्षा गरिएको पनि राजदूत नाओर गिलोनले जानकारी दिनुभयो ।

इजरायली प्रधानमन्त्री बेनेटले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्वन्धी सम्मेलनका क्रममा ग्लास्गोमा भेटवार्ता गर्नु भएको थियो । 

‘साइडलाईन’ भेटवार्ताकै क्रममा उहाँहरुबीचमा भ्रमणको कुरा उठेको र दुई पक्षीय गृहकार्यका आधारमा मिति तय गर्ने सहमती भएको उहाँले बताउनुभयो ।  

पछिल्लो समयमा इजरायल र भारतकबीचमा सम्वन्ध थप बलियो बनाइ सहकार्य गर्ने बारेमा विभिन्न चरणमा छलफल भइरहेका छन् । भारतका सेना प्रमुख एमएम नाराभाने आइतवारदेखि इजरायलको पाँच दिने भ्रमण गर्नुभएको छ । 

दुई देशबीचमा सहकार्य र सम्वन्ध थप बढाउने नै भ्रमणको मुख्य उद्देश्य रहेको भारतीय सेनाले जनाएको छ ।“भावी रणनीतिक सहकार्य र योजनाका लागि दुई देशबीचमा छलफल गर्न सेना प्रमुख जानु भएको सेनाले जनाएको छ । 

भारतका विदेशमन्त्री एस जयशङ्कर र रक्षा सचिव अजय कुमारले इजरायलले भ्रमण गरेको एक हप्तापछि सेना प्रमुखले भ्रमण गर्नुभएको हो । रणनीतिक हिसावले महत्व राख्ने दुई देशबीचमा सम्वन्ध विस्तारका लागि भइरहेका भ्रमण, भेटवार्ता र छलफललाई अर्थ पूर्णरुपमा हेरिएको छ ।  (रासस-एएनआई)