१० असार २०८३, बुधबार
,
Latest
पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता कर्णालीका यातायात कार्यालयबाट ११ महिनामा ३१ करोड २३ लाख राजस्व संकलन, करको मुख्य हिस्सा सवारीसाधनबाट आज पनि सुनचाँदीको मूल्य घट्यो सत्तामा पुगेपछि सुशासनको वाचा बिर्सिएको महासचिव पाेखरेलकाे आरोप रास्वपा महाधिवेशन निर्वाचन : ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा आउने दाबी विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्न पाउने असहायको उद्धारमा झापाकाे मानवसेवाश्रम सक्रिय चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमा जनताको आकर्षण दिनानुदिन बढ्दै गएको छः अध्यक्ष ओली



अ+ अ-

नेपालगञ्ज । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेप्रति जनताको आकर्षण दिनानुदिन बढ्दै गएको बताउनुभएको छ । 

नेपालगञ्जमा आज आयोजित एमालेको बृहत् पार्टी प्रवेश तथा जनसभालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले गरेको काम र एमालेको नीति विचारको आधारमा पार्टीप्रति जनलहर बढेको दाबी गर्नुभयो । 

“एमाले सम्पूर्ण जनताको साझा पार्टी भएकाले सही विश्लेषण र निष्कर्षका साथसाथ साथीहरू पार्टी प्रवेश गर्नुभएको छ”, अध्यक्ष ओलीले भन्नुभयो, “एमाले प्रादेशिक÷जातीय पार्टी होइन, देश बनाउने पार्टी हो अबको निर्वाचनमा एमालेको आफ्नै सुदृढ बहुमत हुनेछ ।” 

आफू प्रधानमन्त्री हुँदा विकासको लहर ल्याएर विश्वसामु पहिचान बनाएको दाबी गर्दै उहाँले आफ्नै पालामा नेपाल तीव्र ढङ्गले विकास गर्ने विश्वका १० देशको सूचीमा परेको दाबी गर्नुभयो ।