२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता



अ+ अ-

काठमाडाैँ । पाकिस्तान र इरानले क्षेत्रीय शान्ति, संवाद र कूटनीतिमा आ–आफ्नो दृढता व्यक्त गर्दै विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोगलाई अझ सुदृढ पार्ने प्रतिवद्धता गरेको पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले बुधबार बताउनु भएको छ ।

इरानी राष्ट्रपति मसूद पेजेस्कियनलाई विदाइ गरेको केही समय पछि प्रधानमन्त्री सरिफले विज्ञप्ति जारी गर्दै आफुहरुले क्षेत्रीय स्थिरता, द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयहरुमा केन्द्रित रहि सौहार्दपूर्ण छलफल गरेको बताउनुभएको छ ।

प्रधानमन्त्री सरिफका अनुसार अमेरिका र इरानबीच इस्लामाबाद समझदारी पत्रमा हस्ताक्षर पछि स्विजरल्याण्डको बर्गेनस्टकमा भएको पहिलो चरणको प्राविधिक वार्ताको समापन पछि यो पहिलो बैठक भएको हो । दुबै पक्षले यस क्षेत्रमा शान्ति र स्थिरता प्रवद्र्धन गर्न आफ्नो साझा प्रतिबद्धतालाई दोहोरÞ्यादै वार्ता र कूटनीति मार्फत बाकी विषयको समाधानको महत्वलाई जोड दिएको प्रधानमन्त्री सरिफले पुष्टि गर्नु भएको छ ।

शान्ति, प्रगति र समृद्धिका लागि तेहरानसँग नजिकबाट काम गर्ने प्रतिबद्धता दोहोरÞ्याउँदै उहाँले पाकिस्तानलाई मित्र राष्ट्र छिमेकी र मध्यस्थकर्ताका रूपमा विश्वास गरेकोमा इरानी नेतृत्वलाई धन्यवाद दिनु भएको छ । दुवै पक्षले आपसी हितका सबै क्षेत्रमा पाकिस्तान र इरानबिचको दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ पार्न सहयोग विस्तार गर्न सहमत भएको जनाइएको छ ।