काठमाडौं । सर्वोच्च अदालतमा न्यायाधीशहरुको छलफल सुरु भएको छ ।
प्रधानन्यायाधीशको राजीनामा माग्दै ईजलास बहिष्कार गरेका १९ न्यायाधीशहरुको बैठकले सर्वोच्च अदालत नियमावली शंसोधन गर्दै गोलाप्रथाबाट पेशी तोक्ने निर्णय हुने स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार १९ न्यायाधीशले गरेको निर्णय प्रमाणीकरणका लागि पठाउने र प्रधानन्यायाधीशले सही गर्ने एक खालको अनौपचारिक सहमति बनेको छ । आज निर्णय गरेर पठाएपछि आजै राजपत्रमा प्रकाशित गर्ने र भोलि शुक्रबार वा आइतबारदेखि ईजलासमा फर्कने तयारी न्यायाधीशहरुको रहेको छ ।