१६ आश्विन २०८१, बुधबार
,
Latest
डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारी, नारी दिवस र पुरुष



अ+ अ-

सृष्टि नारीपुरुष विना सम्भव छैन । त्यसैले सृष्टि चलायमान राख्न नारीपुरुष दुवैको समान महत्त्व छ । यसकारण नारी र पुरुषको सहअस्तित्व सधैँ समान्नित रहनु पर्छ । सृष्टि वा प्रकृतिका हिसाबले पनि नारी र पुरुष समान हुन् ।

यति हुँदाहुँदै पनि समाजको ढाँचामा पुरुष प्रधान वा नारी प्रधान हुनासाथ सत्ताधारीले अर्को लिङ्गमाथि शासन गर्ने प्रवृत्ति देखिन्छ। यही प्रवृत्ति नै नारीपुरुष सम्बन्धलाई विषैलो बनाउने तत्व हो ।

पितृसत्ता बितिरहेको हाम्रो समाजमा लामो समयदेखि नारीहरू पिडित हुँदै आए । वैदिक श्लोक ' यत्र नार्यस्तु पुज्यन्ते रम्यन्ते तत्र देवता ' पनि व्यवहारमा भन्दा नारामा वा हास्यपुटका रूपमा रह्यो । पितृसत्ताले सकेसम्मको दासत्वमा नारीलाई राख्यो । जहाँ एक अर्काको सम्मान वा सहअस्तित्वको कदर नभएर दासत्व हुन्छ त्यहाँ विद्रोह अवश्य हुन्छ । त्यही विद्रोहका रूपमा 'नारी दिवस' प्रारम्भ भयो ।

सन् १९७५ बाट अन्तर्राष्ट्रिय रूपमा प्रारम्भ गरिएको नारी दिवसले हाम्रो मुलुकमा पनि तात्विक विकास गर्न सकेको देखिँदैन । आफैँले जन्माउने छोरी सन्तानमा छोरा जत्तिकै गर्व गर्न नसकुञ्जेल र छोरा र छोरीका वीच मातापिताले नै समान दृष्टि नराखुञ्जेल 'नारी दिवस' को अौचित्य पूरा हुन्छ जस्तो मलाई त लाग्दैन ।

'नारी दिवस' लाई पेसाका रूपमा मनाएर समग्र नारीको हित नभएर मुट्ठीभर नारीहरूको आर्थिक सामाजिक विकास पक्कै भएको होला । तर विगत आधा शताब्द्धिदेखि नारीहरू विकासको गतिमा अघि बढिरहेका छन् वा विनासको गर्ततिर बढिरहेका छन् ? यसको तर्जुमा गरिनु पर्छजस्तो मलाई लाग्दछ । डलरको डकारका रूपमा नारीलाई कर्त्तब्यको पाठ नपढाएर केवल अधिकारको डंका पिट्न सिकाएर नारीलाई बेघर र बालबालिकाको विचल्लि त गराइँदै छ । परिणामत:

टुक्रिएका घरहरू, बिल्लिबाठ भएका परिवार, मानसिक विकारले ग्रस्त बालबालिकाहरू, विछिप्त नारी र पुरुषको बढ्दो सङ्ख्या जस्ता समाजमा देखिएका दृष्य निश्चय नै समाजनासक हुन् । यी दृष्यका अघिल्तिर निश्चय नै नारी पात्रताको प्रमुख भूमिका त देखिन्छ । तर यस रूपमा समाजलाई अग्रसर गराउनमा नारीवादको फोस्रो पाठ पढाउने अधिकार कर्मीहरू र पितृसत्ताको आसनबाट ओर्लिन नचाहने पुरुष पात्र पनि हुन् ।

नारी पुरुष एक अर्काका प्रतिशोधी नभएर परपुरक हुन् भन्ने कुरा दुवैथरीले नबुझेसम्म समाजको समग्र विकास हुनसक्छ जस्तो मलाई लाग्दैन । त्यसैले समग्र समाजको सुन्दर र सुखद् भविष्य निर्माणका लागि पुरुषले पितृसत्ताको चश्मा फुकाल्नु पर्छ भने नारीले आफ्नो मर्यादा र धर्मको चश्मा खोल्नु हुन्न भन्ने मलाई लाग्दछ ।

निश्कर्षका रूपमा प्रकृतिले जिम्मा लाएको आआफ्नो कर्म ईमानसाथ पूर्ण गरेर एकअर्काको अस्तित्वको सम्मान गर्नु भन्दा ठूलो 'नारी दिवस' अर्को म देख्तिन ।

नारी दिवसमा नारीहरूलाई नारीधर्मबाट विचलित नहुन र समग्र पुरूषहरूलाई समेत पितृसत्ताको कुर्सीबाट तल ओर्लेर नारीपुरुष समताको आसनमा बस्ने आग्रहका साथ शुभकामना !