१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता

हेलिकप्टरमा गोसाइँकुण्ड जाने बढे

हेलिकप्टरमा गोसाइँकुण्ड जाने बढे
अ अ+ अ-

रसुवा ।  रसुवाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा हेलिकप्टरबाट पुग्नेको सङ्ख्या बढ्दो छ । जिन्दगीमा एक पटक भए पनि पुग्नैपर्ने ठाउँका रुपमा गोसाइँकुण्डको धार्मिक महत्व रहेको छ । उकालो बाटो  हिँड्दा कठिन हुनेभएकाले यात्रा सहजताको लागि पछिल्लो समय अधिकांश यात्रुले गोसाइँकुण्ड जान हेलिकप्टर रोज्न थालेका हुन् ।

स्थानीय होटल व्यवसायी हेलिकप्टरमार्फत गोसाइँकुण्डको दर्शन गर्ने भक्तजनको सङ्ख्या बढ्दो बताउँछन् । गोसाइँकुण्ड समुद्र सतहदेखि चार हजार ३८० मिटर उचाइमा अवस्थित छ । हेलिकप्टर अवतरण गरेपछि एकाध बाहेकलाई लेक लाग्ने समस्या नआएको र उक्त समस्या समाधान गर्न अक्सिजनसमेत व्यवस्था मिलाइएको हेलिकप्टर कम्पनीले बताएका छन् ।

गोसाइँकुण्ड पैदल यात्रा गर्दा विशेष गरी लौरिबिनायकदेखि  कुण्डसम्म लेक लाग्ने समस्या बढ्छ । आउन जान तीन-चार दिनको समय लाग्ने एवं पैदल तथा हवाईमार्गको खर्च सरदरमा उत्तिकै पर्न जाने भएपछि पछिल्लो पुस्ताका यात्रु हेलिकप्टरतर्फ केन्द्रित हुन थालेका हुन् ।

हेलिकाप्टरले काठमाडौँको एयरपोर्टबाट २६ मिनेटमै  गोसाइँकुण्ड पुर्‍याउँछ । दर्शनका लागि आधा घण्टा भन्दा बढी  अतिरिक्त समय दिन्छ । बिहानै भगवानको दर्शन गरेर खाना खान घरमै पुग्ने  गरेको यात्रुहरू बताउँछन् ।

पैदलमार्गबाट तीर्थ पुग्न नसकेका ज्येष्ठ नागरिकलाई समेत यो सुविधा उपयोगी भएकाले अचेल धेरै ज्येष्ठ नागरिकलाई गोसाइँकुण्ड दर्शन गराइसकिएको सेवा प्रदायक संस्थाले जनाएको छन् । गोसाइँकुण्ड दर्शनका लागि सिम्रिक, अल्टिच्युड, फिष्टेल, डाइनेष्टिक, कैलाश, माउण्टेन, मनाङ, प्रभुसमेतका हेलिकप्टर कम्पनीले सेवा दिइरहेका छन् ।

हवाइमार्गबाट गोसाइँकुण्डको तीर्थ गर्दा बाटोमा देखिने अग्ला सेताम्मे हिमाल छ्याङछ्याङ झरिरहेका पानीका झर्ना, हरियाली वन, ताल तलैयाले यात्रा मनमोहक बनाउने गरेको हावाइयात्रु  काठमाडौँ सीतापाइलास्थित जनउद्वार माविका शिक्षक राजु केसीले बताउनुभयो ।

हेलिकप्टर गोसाइँकुण्डको डिलमा अवतरण गरेपश्चात् भगवान शिवको दर्शन गर्दा आनन्दको अनुभूति प्राप्त हुने र  हेलिप्याडको डिलबाटै केही तल अवस्थित  सरस्वती एवं भैरव कुण्डसमेत देखिने भएकोले यो यात्रा थप रमाइलो बनेको शिक्षक केसी बताउनुहुन्छ । तामाको दियोमा गाईको घीउ राखेर बत्ती बाल्ने, कपुरले धूपदीप गर्ने, बसाह र त्रिशूल, जटाभएको नरिवल एवं पहेँलो बस्त्र चढाइ  जौ, तिल, केसरी, बेलपत्र र  फूलले पूजाआजा गर्नेपर्ने चलन रहेको पुजारी टङ्कप्रसाद ढकालले बताउनुभयो । समुन्द्र मन्थन गर्दा निस्केको कालकुट विष व्यवस्थापन गरेर प्राणी जगतलाई बचाउने देवताका पनि देव भगवान महादेव गोसाइँकुण्डमा शिवजी हुनु भएकोले एक पटक भने पनि तीर्थ जानुपर्ने मान्यता रहिआएको छ ।

प्रत्येक वर्ष गङ्गा दशहरा र जनैपूर्णिमा पर्वका अवसरमा लाग्ने विशेष मेला भर्न पैदल मार्गबाट वार्षिक रूपमा २०औँ हजार भक्तजन सो क्षेत्र पुग्ने गरे तापनि विगतको कोरोना सङ्क्रमण भएयता हावाइ यात्राको  आर्कषण बढेको हो ।रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ मा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्ड तीर्थमा डबुल्की मारेपछि शरीरका रोग हट्ने र पूजाआजा गरेपछि मनोकांक्षा पुरा भई नयाँ सोच विचार आउने, घर परिवारमा सुखशान्ति बढ्ने विश्वास रहिआएको छ । 

पुस, माघ तथा फागुन महिनामा भने बढी हिमपात हुने कारण यस क्षेत्रको दृश्य निकै मनमोहक देखन्छ । पोखरीमा हिउँ जमेको समयमा हवाइमार्गबाट गएका भक्तजनले  भगवान विराजमान रहनुभएको पवित्र कुण्डमा हिँड्ने गरेको पाइएकोले यस्ता कार्य नर्गन अनुरोध गरिएको छ । धार्मिक  मान्यताअनुरूप कुण्डमाथि हिँड्दा पुण्य प्राप्त नहुने र अर्को तर्फ जमेको हिउँमाथि  हिँड्दा हिँड्दै  फुटेर गाडिन सक्ने समेत सम्भावना हुने भएकाले गोसाइँकुण्डको तालमाथि नहिँड्न पुजारीले आग्रह गर्नुभएको छ । (रासस, ज्ञानेन्द्र न्यौपाने)