५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निःशुल्क स्वास्थ्य शिविरमा चार हजार ७०० बालबालिका



अ+ अ-

बैतडी । दुर्गम क्षेत्रका बालबालिकालाई  स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले  बैतडीका सबै स्थानीय तहका विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर  सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयको आयोजनामा शिविर सञ्चालन गरिएको हो । 

शिविरमा चार हजार ७०३ बालबालिकाले उपचार गराएका स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले बताउनुभयो । दश पालिका रहेको बैतडीका प्रत्येक स्थानीय तहका एक-एक विद्यालयमा शिविर सञ्चालन गरिएको थियो ।  

शिविरमा आँखा, कान र दाँतमा समस्या भएका विद्यार्थीलाई विद्यालयमै स्वास्थ्य सेवा उपलब्ध गराइएको थियो । तीमध्ये दाँतसम्बन्धी एक हजार ६२७, आँखासम्बन्धी एक हजार ५८४ र कानसम्बन्धी एक हजार ४९२ बालबालिकाको उपचार गरिएको थियो ।