
काठमाडौं । भक्तपुरमामृत भेटिएकी महिलाको पहिचान खुलेको छ । चाँगुनारायण नगरपालिका– ७ बागरेस्थित तरकारी खेती भएको जग्गामा रहेको टहराभित्र परालले छोपेको अवस्थामा महिलाको शव फेला परेको थियो ।
मृतक महिला करिब २८ वर्षकी जेनिसा नगरकोटी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नम्बर ९, स्थायी घर भएकी मृतक महिला केही समयदेखि चाँगुनारायणमा बस्दै आएकी थिइन् ।
उनको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ । मृतक नगरकोटीको घाँटीमा चोट देखिएको प्रहरीले जानकारी दिएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजमा पठाइएको छ । यसबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।