२७ भाद्र २०८३, शनिबार
,
Latest
नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’ महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा मृत फेला परेकी महिलाको पहिचान खुल्यो



प्रतीकात्मक तस्बिर
अ+ अ-

काठमाडौं । भक्तपुरमामृत भेटिएकी महिलाको पहिचान खुलेको छ । चाँगुनारायण नगरपालिका– ७ बागरेस्थित तरकारी खेती भएको जग्गामा रहेको टहराभित्र परालले छोपेको अवस्थामा महिलाको शव फेला परेको थियो । 

मृतक महिला करिब २८ वर्षकी जेनिसा नगरकोटी रहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नम्बर ९, स्थायी घर भएकी मृतक महिला केही समयदेखि चाँगुनारायणमा बस्दै आएकी थिइन् ।

उनको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ । मृतक नगरकोटीको घाँटीमा चोट देखिएको प्रहरीले जानकारी दिएको छ । 

मृतकको शव पोष्टमार्टमका लागि दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजमा पठाइएको छ । यसबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।