२५ भाद्र २०८३, बिहीबार
,
Latest
ईसीबीले मध्यपूर्व इन्धन आपूर्तिबाट निम्तिएको आर्थिक झट्का सामना गर्न ऋण लागत बढायो अल्जेरियाले युएईसँग कूटनीतिक सम्बन्ध तोड्यो चीनमा कार्गो जहाजमा आगो लाग्दा २० जनाको मृत्यु : चिनिया सञ्चारमाध्यम राहत कोषमा रकम जम्मा हुने क्रम जारी अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ बाढी प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्यको अनुगमन गर्न समिति गठन हदबन्दीका कारण घरजग्गा व्यवसाय संकटमा नवनियुक्त उद्योगमन्त्री दीपक साह करार कर्मचारीको प्रोत्साहन भत्ता व्यवस्थापनबारे अध्ययन गर्न कार्यदल शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

३७ जनामा कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ६१ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।  

यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार १५५ पुगेको छ । एन्टिजेन परीक्षण विधिबाट सङ्क्रमितको सङ्ख्या एक लाख ४० हजार ७९ रहेको छ ।

पछिल्लो समय थप ३८२ जना निको भएका छन् । निको हुने दर ९८ दशमलव चार प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो समय कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा यस रोगबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५० पुगेको छ । त्यसैगरी पछिल्लो समय २२ हजार ६८७ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।