२७ भाद्र २०८३, शनिबार
,
Latest
प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुस–युक्रेनबीच तेस्रो वार्ता पनि निष्कर्षविहीन



अ+ अ-

एजेन्सी । रुस र युक्रेनबीचको युद्धको आज १३ औं दिन हो । यसैबीच, दुई देशबीच युद्धविरामका लागि भएको तेस्रो चरणको वार्ता पनि निष्कर्षविहीन भएको छ । 

सोमबार बेलारुसमा भएको उक्त वार्तामा युक्रेनभित्र युद्धको बीचमा रहेका मानिसहरूलाई बाहिर निकाल्न मानव करिडोर निर्माण गर्नेमा सहमति बन्न सकेन । 

यसैबीच, रसियाले लगातार दोस्रो दिन पनि नागरिकहरूलाई बाहिर निकाल्न युद्धविराम जारी राख्ने कुरा गरेको छ । आज किभ, खार्किभ, सुमी, चेर्निहिभ र मारिउपोल सहरहरूमा युद्धविराम हुनेछ। सोमबार पनि यी पाँच सहरमा युद्धविराम गरिएको थियो ।

रुसी बमबारीको बीचमा, मानिसहरू आफ्नो ज्यान बचाउन युक्रेन छोड्दैछन् । जसमा बालबालिका, वृद्धदेखि बिरामी समेत रहेका छन् ।