१५ बैशाख २०८२, सोमबार
,
Latest
रत्नपार्कमा उभिएर उत्साहित हुँदै राजावादीले दिए एकताको सन्देश शिक्षक आन्दोलनले देशलाई पछाडि धकेल्छ : अध्यक्ष बिजुक्छेँ मन्त्रिपरिषद् निर्णय: शिक्षक आन्दोलन वार्ताबाट समाधान गरिने ‘सहरी क्षेत्रमा अब नयाँ अस्पतालका लागि जग हाल्नु आवश्यक छैन’ सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने सङ्घीयताका मर्मअनुसार कार्यक्रम सञ्चालन गरिनुपर्ने ‘पुनर्स्थापनाका थप काम सम्पन्न गर्न समय तोकेरै अगाडि बढ्न पहल गर्छौं’ अवैध वित्तीय कारोबारमा संलग्न आरोपमा २१ जना पक्राउ पाथीभरा देवी दर्शन केवलकारद्वारा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान सात सहरमा प्रस्तुति दिन अमेरिकातर्फ नेपथ्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुस–युक्रेनबीच तेस्रो वार्ता पनि निष्कर्षविहीन



अ+ अ-

एजेन्सी । रुस र युक्रेनबीचको युद्धको आज १३ औं दिन हो । यसैबीच, दुई देशबीच युद्धविरामका लागि भएको तेस्रो चरणको वार्ता पनि निष्कर्षविहीन भएको छ । 

सोमबार बेलारुसमा भएको उक्त वार्तामा युक्रेनभित्र युद्धको बीचमा रहेका मानिसहरूलाई बाहिर निकाल्न मानव करिडोर निर्माण गर्नेमा सहमति बन्न सकेन । 

यसैबीच, रसियाले लगातार दोस्रो दिन पनि नागरिकहरूलाई बाहिर निकाल्न युद्धविराम जारी राख्ने कुरा गरेको छ । आज किभ, खार्किभ, सुमी, चेर्निहिभ र मारिउपोल सहरहरूमा युद्धविराम हुनेछ। सोमबार पनि यी पाँच सहरमा युद्धविराम गरिएको थियो ।

रुसी बमबारीको बीचमा, मानिसहरू आफ्नो ज्यान बचाउन युक्रेन छोड्दैछन् । जसमा बालबालिका, वृद्धदेखि बिरामी समेत रहेका छन् ।