१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

यमनका हुथी विद्रोहीहरुले साउदी अरेबियामा हमला गरेको दाबी



अ+ अ-

साना । यमनका हुथी विद्रोहीहरुले अहिलेको यमनको साउदी अरेबिया नेतृत्वको सत्ता गठबन्धनका विरुद्धमा कारबाही गरेको जनाएको छ । हुथी विद्रोहीहरुले साउदी अरेबियामा हमला गरेको बताए । यहाँको सरकारकाविरुद्धमा शनिबार व्यापक आक्रमण गरेको उनीहरुको दाबी छ । ती विद्रोहीहरुले दिएको जानकारीअनुसार उनीहरुले साउदी अरेबियाका विभिन्न विमानस्थलमा पनि ड्रोनबाट बम हमला गरेका छन् । 

उनीहरुले ड्रोनबाट आक्रमण गरेको र यसरी गरिएका आक्रमणहरुमा विभिन्न क्षेत्रका विमानस्थलहरु पनि रहेको बताएका छन् । हुथीहरुले यहाँका राजाको रियादस्थित दरबारलाई पनि लक्ष्य गरेर हमला गरेको जनाएका थिए । उनीहरुले साउदी अरेबिया नेतृत्वको सरकारको विरोध गर्दै आएकाले यहाँका राजाका विरुद्धमा पनि हमला गर्ने जनाएका छन् ।  

शनिबारको हमला पनि यसैका विरुद्धमा भएको उनीहरुले बताएका छन् । उनीहरुले विगत लामो समयदेखि साउदी नेतृत्वको गठबन्धन सेनाले यमन छोड्नुपर्ने बताउँदै आएको छन् । शनिबार भएको सो हमलामा के कति क्षति भयो भन्ने बारेमा भने केही बताइएको छैन । इरानको सहयोगमा रहेका यी हुथी विद्रोहीहरुले गरेको सोे हमलाको साउदी अरेबियाको सरकारले भने पुष्टि गरेको छैन । तर हुथीहरुको  टेलिभिजन अल मारिसाहले भने सो आक्रमण गरिएको बताएको छ । (रासस-सिन्ह्वा)