१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता

अरुलाई अधिकार दिलाउने आयोग आफै अधिकारका लागि सघर्ष गर्दै : (भिडियो सहित)

अरुलाई अधिकार दिलाउने आयोग आफै अधिकारका लागि सघर्ष गर्दै :  (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । महिला अधिकारका क्षेत्रमा क्रियाशिल अधिकारकर्मीहरुले स्थानीय तहमा महिलाको विषय हेर्ने छुट्टै संरचना नबनाउने हो भने महिलाका समस्यालाई समाधान गर्न नसकिने बताउन थालेका छन् । यस सँगै स्थानीय तहमा रहेको न्यायिक समितिलाई पनि बलियो बनाउदै लैजानु पर्ने देखिएको छ । आज अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा ‘सामाजिक न्याय र लैङ्गिक समानता, दिगो विकास’ भन्ने नाराका नाराका विभिन्न कार्यक्रम गरी विश्व नारी दिवस मनाइँदैछ ।

नेपालमा पनि नारी दिवस मनाउन थालेको १९ औँ वर्ष पूरा भइ २० औँ वर्ष शुरु भएको छ । तर अझै पनि नेपाली महिलाहरुले कानूनले तोकेअनुसारको न्याय पाउन सकेका छैनन् । राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेलले राजनीतिक दलहरुले महिलाहरुको समानुपातिक र अर्थपूर्ण समावेशिताको प्रतिवद्धता जनाएपनि त्यो सफल पार्न भने राजनीतिक दलहरुलाई नै कठिन भइरहेको बताउनु भयो । दलहरुले गरेको प्रतिबद्धता अनुसार काम गर्न सके पनि नेपाली महिलाको अवस्थामा सुधार आउन सक्ने सदस्य पौडेलले बताउनु भयो ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा न्युज एजेन्सी नेपालसँगको संवादमा सदस्य पौडेलले नेपाली महिलाको बारेमा काम गर्न बनाइएको संवैधानिक अंग २० वर्षको भइसक्दा आफ्नो कार्यालय बन्न नसक्नु पीडादायक भएको उहाँले बताउनु भयो । स्थानीय तहमा सबै कार्यालय हुँदा महिला कार्यालयहरु हटाइनुले धेरै समस्या थपेको बताउनु भयो ।

उहाँ भन्नुहुन्छ, ‘राष्ट्रिय महिला आयोग स्थापना भएको १९ वर्ष पूरा भई २० वर्ष लाग्यो तर अहिलेसम्म राष्ट्रिय महिला आयोगको केन्द्रिय कार्यालय नै छैन । महिलाका लागि नै किन गरिव हुन्छ राज्य सबैका लागि किन हुँदैन ? भन्ने मेरो तर्क हो । स्थानीय तहमा सबै कार्यालय हुँदा महिला कार्यालयहरु किन उठ्यो ? हाम्रो कार्यकालमा राष्ट्रिय महिला आयोगको केन्द्रिय कार्यालय र प्रदेश कार्यालय जिल्लामा सञ्जाल बिस्तार गर्ने दृढ इच्छाशक्तिका साथ आफुहरुले आयोगको नेतृत्व लिएकाछौँ ।’

महिलाको हक, हितको सुरक्षा गर्नका लागि मात्रै राज्य सधैँ किन गरिव हुन्छ ? भन्ने उहाँको प्रश्न छ । आफ्नो कार्यकालमा राष्ट्रिय महिला आयोगको केन्द्रिय कार्यालय, प्रदेश कार्यालय र जिल्लामा सामाजिक सञ्जाल बिस्तार गर्ने दृढइच्छाशक्ति रहेको उहाँले बताउनु भयो । यसअघिका नेतृत्वहरुले महिला हक हितको सम्बन्धीमा कुनै निर्देशिका बनाएर काम नगर्नुले पनि महिला आयोग कति कमजोर छ भन्ने कुरा स्पष्ट हुन्छ । अहिले महिला आयोगले काम गर्न आवश्यक निर्देशिकाहरु बनाएर महिला हकहितका कामलाई तीव्रता दिएको छ । कतिपय कानूनि जटिलताका कारण पनि थप समस्या सिर्जना भएको उहाँ बताउनु हुन्छ ।

महिलाहरुको तत्काल उद्धार र स्थानीय तहलाई मजबुत बनाएर गएमा अहिले भइरहेको समस्याको केही हदसम्म हल हुने सदस्य पौडेलको बुझाइ छ । उहाँ भन्नुहुन्छ, ‘यो अघिका नेतृत्वले कुनै पनि निर्देशिका नियमहरु बनाएको पाइएन । अहिलेसम्म कसरी सञ्चालन भइरहको रहेछ । हामीले सबै बनाएर अघि बढेका छौँ । राष्ट्रिय महिला आयोगले रफ्तारमा काम गर्दैछ । हामीलाई काम गर्न कानूनि कुराको पनि समस्या छ । स्थानीय निकायलाई मजबुत बनाउने भनेको तत्काल उद्धारका लागि कि त पुरानो महिला विकास शाखा पहिलाको जस्ताको त्यस्तै राख्नुपर्छ । कि त राष्ट्रिय महिला आयोग स्थानीय निकायमा सञ्जाल बिस्तार गरेर न्याय दिनुपर्छ ।’

सदस्य पौडेलले स्थानीय निकायमा न्यायिक समितिलाई मजबुत बनाउने, महिला आयोगको सञ्जाल बिस्तार गर्ने र महिलाहरुलाई तत्काल उद्धार गर्दा त्यहाँका प्रमाणहरु नष्ट नहुन् र जुन समस्यामा पीडित आउनु भएको छ, कुनैपनि राजनीतिक आँखाले पीडितलाई नहेरियोस् भन्ने ध्येय राखेर काम गर्नसके मात्र नेपालमा महिलाहरुले आफ्नो सामाजिक र न्यायिक हकहित पाउने बताउनुभयो ।  स्थानीयतहमा भएको न्यायिक समितिलाई बलियो बनाउनु पर्ने, महिला विकास कार्यालय सबै स्थानीय निकायमा स्थापना गर्नुपर्ने र महिला आयोगको कारबाहीको सिफारिस सबैभन्दा छिटो तरिकाबाट हुनुपर्ने उहाँले बताउनु भयो ।

स्थानीय निकायमा महिलाहरुलाई न्यायिक समितिको विषयमा केही समस्या सिर्जना हुन्छ भनेर न्यायिक समितिलाई सरकारी वकील दिनुपर्छ भन्ने माग राखेको बताउनु भयो । पिडकले कानूनि सजाय पाउने गरेर काम अघि बढाउनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय निकायमा न्यायिक समितिलाई मजबुत बनाउने, महिला आयोगको सञ्जाल बिस्तार गर्ने र महिलाहरुलाई तत्काल उद्धार गर्दा त्यहाँका प्रमाणहरु नष्ट नहुन् । जुन समस्यामा उहाँ आउनु भएको छ, कुनैपनि राजनीतिक आँखाले उहाँलाई नहेरियोस् । उहाँले स्वतन्त्र न्याय पाउनुहोस् । स्थानीय निकायलाई अल्पसंख्यक, हिंसा पीडित महिलालहरुलाई व्यवस्थापन गर्न स्थानीय निकायलाई मजबुत बनाउनु पर्छ ।’

उहाँले अल्पसंख्यक र हिंसा पीडित महिलाहरुलाई व्यवस्थापन गर्न स्थानीय निकायलाई मजबुत बनाउन बाहेक अर्को विकल्प नभएको बताउनु भयो ।