१० असार २०८३, बुधबार
,
Latest
रास्वपा महाधिवेशन: तातेको निर्वाचन माहोल- फोटो फिचर छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता कर्णालीका यातायात कार्यालयबाट ११ महिनामा ३१ करोड २३ लाख राजस्व संकलन, करको मुख्य हिस्सा सवारीसाधनबाट आज पनि सुनचाँदीको मूल्य घट्यो सत्तामा पुगेपछि सुशासनको वाचा बिर्सिएको महासचिव पाेखरेलकाे आरोप रास्वपा महाधिवेशन निर्वाचन : ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा आउने दाबी विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्न पाउने असहायको उद्धारमा झापाकाे मानवसेवाश्रम सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलाई रावलको आग्रहः अध्यक्षमा उम्मेदवारीलाई सहज रुपमा लिनुस्, मप्रति सद्भाव राख्नुस्



अ+ अ-

काठमाडौं । एमालेको आसन्न दशौं राष्ट्रिय महाधिवशेनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका पार्टी उपाध्यक्ष भीम रावलले आफ्नो उम्मेदवारीलाई सहज रुपमा लिँदै आफूप्रति सद्भाव राख्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।

आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै अध्यक्षमा उम्मेदवारी घोषणासहित रावलले भने– ‘मेरो अध्यक्ष पदको उम्मेदवारीलाई सहजरुपमा लिई पार्टीलाई नयाँ गतिका साथ अघि बढाउन मप्रति सद्भाव प्रदर्शन गर्नहुन कमरेड केपी शर्मा ओली एवम् सबै नेतृत्व तहमा रहनुहुने कमरेडहरु समक्ष हार्दिक आह्वान गर्दछु।’

यस्तै नेता रावलले अध्यक्ष ओलीले यसअघि नै सोही पदमा नदोहोरिने बताएकाले आफू योग्य ठानेर अघि बढेको पनि बताए । 

उनले भने, ‘ओली स्वयंले केही समय पहिले पार्टीको नेतृत्व हस्तान्तरण गर्ने र पुनः अध्यक्ष पदमा उम्मेदवारी नदिने घोषणा पनि गर्नुभएको हो । उहाँको यस्तो कार्य र घोषणाको सम्मानको लागि पनि उमेर र अनुभव लगायत सबै दृष्टिबाट परिपक्व भइसकेकाले मैले केन्द्रीय अध्यक्षका लागि उम्मेदवारी दिन उपयुक्त सम्झेको छु ।’

यो पनि पढ्नुस्ः एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी किन ? (पूर्णपाठ)