१० असार २०८३, बुधबार
,
Latest
रास्वपा महाधिवेशन: तातेको निर्वाचन माहोल- फोटो फिचर छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता कर्णालीका यातायात कार्यालयबाट ११ महिनामा ३१ करोड २३ लाख राजस्व संकलन, करको मुख्य हिस्सा सवारीसाधनबाट आज पनि सुनचाँदीको मूल्य घट्यो सत्तामा पुगेपछि सुशासनको वाचा बिर्सिएको महासचिव पाेखरेलकाे आरोप रास्वपा महाधिवेशन निर्वाचन : ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा आउने दाबी विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्न पाउने असहायको उद्धारमा झापाकाे मानवसेवाश्रम सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा रहेका नेपाली स्रष्टाहरुको गजल महोत्सव



अ+ अ-

ह्युस्टन , टेक्सास ।  देशदेखि टाढा प्रवासमा आयोजित यस्ता उत्सवहरुले साहित्यक मनहरुलाई ठूलो राहत पुर्याएको छ । देशमा हुने गरेका कार्यक्रमहरु हेरेर आफ्नो अनुपस्थितिले प्रवासमा मन खुम्चाउनु पर्ने अवस्था क्रमश कम हुँदै गएको छ । 

नोभेम्बर २० तारिख ह्युस्टनमा गजल उत्सव – ४ भब्य रुपमा सम्पन्न भएको छ । अन्तराष्ट्रिय साहित्य समाज ह्युस्टन च्याप्टर र गजल यात्राको आयोजनामा सम्पन्न महोत्सवमा अमेरिकाको विभिन्न राज्यबाट चालीसजना गजलकारहरुको सहभागिता रहेको थियो । नयाँ र पुराना गजलकारहरुले उत्कृष्ट गजलहरु वाचन गरेर दर्शक स्रोताको वाहवाह र तालीसँगै मन पनि जितेका थिए । 

दिउँसो चार बजेदेखि शुरू भएको गजल वाचन राती ९ मा सकिएको थियो । कार्यक्रममा गजल वाचन मात्र होइन , गायन र नृत्यको पनि बेजोड प्रस्तुति थियो । 

शुरुमा शनिबार बिहान गजल यात्राले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गजल लेखन अमेरिकामा कस्तो छ ,  गजलको गुणस्तर सुधार कसरी गर्ने सम्वन्धमा छलफल गरिएको थियो । 

गजल उत्सवमा गजलकारहरु गोबर्धन पूजा , कृष्ण कुसुम , डिल्लु चम्लागाईं , रोहित राना , पुरानाघरे , भूपेन्द्र महत , सतिश त्रिपाठी , बासु पौडेल , पवन लामिछाने , राधाकृष्ण काफ्ले , बासुपुष्पा अधिकारी , बिटु केसी , सारदा पाठक , पूजा वागीश , खेमराज गैराघरे , विदुर दवाडी , मोदनाथ सादा , निलहरि आचार्य , मदन दुलाल , शारदा धिताल , रोशन श्रेष्ठ , अमृत कंडेल , मणि गौतम , कञ्चन भुषाल , अश्मिता आचार्य , आनन्द मोहन खनाल , मिलन कोइराला ,  दीपेन्द्र गौतम , पुण्य प्रकाश , राजीव घिमिरे , मिलन खराल , मोहन भण्डारी , केशवराज ज्ञावलीले गजल वाचन गरेका थिए । त्यसैगरी महेश्वर पन्त , केशव पौडेल , बिमल पराजुली र सविन दंगालले गजल गायन प्रस्तुत गरेका थिए । 

गजल नृत्यबाट रूपेश उप्रेतीले दर्शकलाई मन्त्र मुग्ध बनाए ।  महोत्सवका संयोजक एवं अन्तराष्ट्रिय सहित्य समाज ह्युस्टनका उपाध्यक्ष सतिश त्रिपाठीले गजल उत्सवलाई अन्तराष्ट्रियव्यापी गर्ने सोच रहेको बताए ।  महोत्सवमा अतर्राष्ट्रिय साहित्य समाज ह्युस्टनका अध्यक्ष बासु पौडेले यस्ता कार्यक्रमलाई भविष्यमा अझ विस्तृत बनाउनुपर्ने विचार व्यक्त गरे । 

गजल यात्राका अभियन्ता द्वय पवन लामिछाने र बासुपुष्पा अधिकारीले नियम संगत र कार्यको समान बाँडफाँड गरी आगामी दिनमा गजल उत्सवलाई अगाडि बढाउने बताए ।  गजल उत्सव (४ लाई सम्पन्न गर्न आर्थिक सहयोग गर्ने स्थानीय र अमेरिकाका अन्य शहरहरुका सहयोगी संस्था र व्यक्तिहरुलाई प्रसंसापत्र द्वारा सम्मान गरिएको थियो । 

गजल उत्सवका सम्पूर्ण कार्यक्रम हिमालय खबरका सह( सम्पादक सुजन पण्डितले प्रत्यक्ष प्रसारण गरेका थिए । उत्सवमा सहभागी गजलकारहरु अत्यन्त खुशी र उत्साहित देखिएका थिए ।अतर्राष्ट्रिय साहित्य समाज ह्युस्टनका अध्यक्ष बासु पौडेले यस्ता कार्यक्रमलाई भविष्यमा अझ विस्तृत बनाउनुपर्ने विचार व्यक्त गरे । 

गजल यात्राका अभियन्ता द्वय पवन लामिछाने र बासुपुष्पा अधिकारीले नियम संगत र कार्यको समान बाँडफाँड गरी आगामी दिनमा गजल उत्सवलाई अगाडि बढाउने बताए । गजल उत्सव – ४ लाई सम्पन्न गर्न आर्थिक सहयोग गर्ने स्थानीय र अमेरिकाका अन्य शहरहरुका सहयोगी संस्था र व्यक्तिहरुलाई प्रसंसापत्र द्वारा सम्मान गरिएको थियो । गजल उत्सवका सम्पूर्ण कार्यक्रम हिमालय खबरका सह– सम्पादक सुजन पण्डितले प्रत्यक्ष प्रसारण गरेका थिए । उत्सवमा सहभागी गजलकारहरु अत्यन्त खुशी र उत्साहित देखिएका थिए ।