१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

झूठ शशांकले बोले कि शेखरले  ?



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन जति नजिकिँदै छ, त्यति नै गुटमा गडबडी बढिरहेको छ । अनि गुट बन्ने र भत्किने क्रम पनि बन्ने र भत्किने गरिरहेको छ । खासगरी पछिल्लो समय सभापति पदका आकांक्षी रामचन्द्र पौडेलको गुट छिन्नभिन्न हुन पुगेको छ । 

पौडेलले अघिल्लो शुक्रबार बोलाएको गुट भेला प्रकाशमान सिंहले वहिष्कार गरेबाट उत्पन्न भएको तरंगले धेरैतिर हानेको छ । यसले पौडेल समुह एकढिक्का नरहने र वर्तमान सभापति शेर बहादुर देउवा समुहलाई आगामी नेतृत्व प्राप्त गर्न निकै सहज हुने परिस्थिति बन्दै गएको छ ।

देउवालाई चुनौति दिने भनिरहेको पौडेल समूह कसरी अघि बढ्ने भन्नेमै अलमलमा परेको छ । कोइराला समुहका डा. सशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला र सुजाता कोइराला समेत विभाजित मनस्थितिमा देखिएपछि गुटभित्र खौलाबैला मच्चिएको छ । 

पछिल्लो समय सुजाता कोइरालाले आफै सभापति पदको दाबी गर्दै डा. सशांक र रामचन्द्रलाई कुनै हालतमा सहयोग नगर्ने भनेपछि पौडेल थप सकसमा परेका हुन् । उसो त कोइराला परिवारभित्रै डा. सशांक, शेखर र सुजाताबीच हानाथाप छ । यो क्रम भित्रिभित्रै त थियो नै अहिले बाहिर बजारमै आएको छ । 

चार दिनअघि नेपाली मिडियामा एक समाचार आयो- अब (कोइराला) पक्षधरहरुबाट शेखर मात्र सभापतिको उम्मेदबार । यो प्रचार धेरै मिडियाले गरे पनि । अनि विभिन्न गुट गुटको पक्ष विपक्षी लागिरहेका केही अनलाइनहरुले पनि यो समाचारलाई प्राथमिकतामा राखे । 

तर यो तरंग हौवा बनेर आयो, धेरै टिक्नै सकेन । बिहान सशांक र शेखर कोइराला एकठाउँमा भएका थिए र सशांकले आफू निर्वाचनमा सभापति नउठ्ने र आफ्ना समेत तर्फबाट शेखर कोइरालालाई छोड्ने बताएका थिए रे भन्ने मिडियामा आयो ।

तर केही घन्टामा नै सशांकले संखुवासभामा पुगेर त्यसो होइन भने । उनी त्यहाँ पुगेर आफू नै सभापतिमा उठ्ने बताएका थिए । उनले भनेका थिए- मिडियामा आएको हल्लामात्र हो, काँग्रेसको सभापतिमा म नै उठ्ने हो । 

तर आफूलाई सशांकले सभापतिमा उठ्न छोडिदिएको भनी प्रचार गर्न हतार गरेका शेखर भने अहिले बोलेका छैनन् । त्यसपछि उनको प्रतिक्रिया आएको छैन । उनले यसअघि पनि ठाउँ ठाउँमा पुगेर आफू सभापति उठ्ने भने भनी आएका छन् । 

यहाँनेर काँग्रेसका कार्यकर्तालाई भने भ्रम परेको छ । दुई घन्टाका फरकमा दुई कोइरालाको बोली फेरिँदा वास्तविक के हो, ढाँटेको कस्ले हो भन्ने चाहिँ अझै पत्ता लाग्न सकेको छैन । झुठ् कुन कोइराला बोलेका हुन् भन्ने विषयको खोजी अहिले पनि काँग्रेसका कार्यकर्ताले खाजिरहेका छन् । 

यसमा अर्को पनि रहस्यको कुरा के छ भने उता प्रकाशमानले आफूले पौडेललाई नसघाउने भनेर तयारी गर्दै हिँडेका छन् भने सुजाताको अवस्था पनि त्यस्तै छ । तर दुई कोइरालाका तर्फबाट भने एकै उमेदबार हुने सम्भावना कुनै पनि हालतमा छैन । यसकारण पनि सभापतिमा शेरबहादुर देउवाको अवस्था दिन प्रतिदिन मजबुद बन्दै गएको छ ।