२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु १४ अर्ब ८१ करोड ३२ लाखको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको रु दुई अर्ब २३ करोड ३२ लाख, १८२ दिन अवधिको रु १२ अर्ब ४७ करोड तथा ३६४ दिन अवधिको रु ११ करोडको ट्रेजरी आज बोलकबोलमार्फत बिक्री गर्न लागेको हो ।
    
बैंकका अनुसार ९१ दिने ट्रेजरी आगामी फागुन १० गते, १८३ दिने ट्रेजरी २०७९ जेठ १० तथा ३६४ दिने ट्रेजरी २०७९ मङ्सिर ६ गते परिपक्व हुनेछ । यसअघि यही कात्तिक २९ मा बैंकले रु ११ अर्ब ८५ करोड ५० लाखको ट्रेजरी बिक्री गरेको थियो ।
    
ऋणपत्रको बोलकबोल अनलाइनमार्फत आज अपराह्न २ बजे खुला हुने बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुनेमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ । राष्ट्र बैंकले सरकारलाई आवश्यकपर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत प्रत्येक हप्ता यस्ता ऋणपत्र बिक्री गर्दछ ।