• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

नौ कन्यालाई नइ बाल पुरस्कार



नइ प्रकाशनले आ-आफ्नो ठाउँमा समर्पित भई प्रतिष्ठा आर्जन गर्ने नौ कन्यालाई २०६९ सालको ‘नइ देरुनिखपु पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।

पुरस्कृत हुनेहरुमा साहित्यतर्फ स्मृति अधिकारी, चित्रकलातर्फ आयुष्मा रञ्जित, गायनतर्फ गरिमा ज्ञवाली, नृत्यतर्फ प्रतिष्ठा पौडेल, खेलकुदतर्फ शकुन्तला ठकुन्ना र बहुआयामिकतर्फ आर्या पोखरेल हुनुहुन्छ । पुरस्कार राशि जनही रु दस हजार छ ।

यसैगरी, नइ देरुनिखपु कपिला पुरस्कार गायनमा सुदृष्टि राई र नृत्यमा डेचेन लामालाई प्रदान गर्ने निर्णय भएको छ । पुरस्कार राशि जनही सात हजार छ । पाँच हजार राशिको नइ देरुनिखपु चिचिला पुरस्कार अगि्रया सिंहलाई प्रदान गरिने भएको छ । साढे तीन वर्षकी सिंहलाई नृत्यतर्फ पुरस्कार प्रदान गरिन लागिएको हो ।