• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु

सिड्नीमा एकै हप्ता २ नेपालीको मृत्यु



सिड्नी ।अस्ट्रेलियको सिड्नीमा एकै हप्तामा दुई जना नेपाली युवाको मृत्यु भएको छ। अगष्ट ५ सोमबार बेलुका सिड्नीको क्यान्टबोरीमा रहेको घरमा किरण श्रेष्ठको मृत अवस्थामा फेला परेका थिए।

त्यसको २ दिनपछि बुधवार बिशाल थपलियको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। नेपालमा बसुन्धरा घर भएका श्रेष्ठ क्यान्टवारीमा रहेको उनी बस्दै आएको घरको बैठक कोठामा मृत अवस्थापमा भेटिएका थिए क्यान्टवरी अस्पातालमा भएको पेष्टमार्टम रिपोर्टअनुसार हृदयघातका कारण श्रेष्ठको मृत्यु भएको हो।

विगत चार वर्षदेखि सिड्नीमा बस्दै आएका श्रेष्ठले अकाउन्टिङमा ब्याचलर तहको अध्ययन गरिरहेका थिए। उनका दिदी नितु श्रेष्ठ र भिनाजु सुशिल बजिमय पनि सिड्नीमै बसोवास गर्छन्।

यसैबीच गएको शनिवार बिहान लिडकममा रहेको रुकवड सिमेन्ट्रीमा श्रेष्ठ्रको अन्त्यष्ठी गरिएको छ। उनलाई भिनाजु सुशिल बजिमयले दागबत्ती दिएका थिए। न्यु साउथ वेल्स राज्यका महाबाणिज्यदुत दिपक खड्काका साथै नेपाली समुदायका प्रतिनिधि उपस्थित थिए।

अगस्ट ७ मा मुटुसम्बिन्धी रोगसँग लामो समयदेखि संघर्ष गरिरहेका विशाल थपलियको मुटुको शल्यक्रिया गर्ने क्रममा मृत्यु भएको हो। मृतक थपलियाको मुटुका धमनीहरु सुन्निएकाले अकस्मिक रुपमा शल्यक्रिया गर्न अस्पताल भर्ना गरिएको थियो । उनको शव अन्तिम दाहसंस्कारको लागि आइतवार नेपाल लगिएको छ।