
द्धन्द्धकालमा ८० प्रतिशत जनता कांग्रेस-एमालेको सरकारबाट मारिएको अबस्थामा उनीहरुका बिरुद्ध पीडितले मुद्दा हालेपनि त्यसलाई द्धन्द्धकालीन मुद्दाको परिभाषा भित्र राखिनेछ, तर माओवादी बाहेकका मुद्दा फौज्दारी अपराधमा गनिनेछन् । राज्यले माओवादीलाई कानूनी रुपमै छानीछानी सिध्याउंदै जाने हो भने माओवादीका नाममा मारिएका ८० प्रतिशत पीडित जनताका सामु अर्को डरलाग्दो बिकल्प खडा भएको छ, त्यो हो, कानूनलाई चुनौति दिंदै हिन्दी फिल्ममा झैं भूमिगत समूह खडा गरी धमाधम हत्याराहरुलाई सिध्याउंदै जाने वा आत्माहत्या गर्ने । यस्तो अबस्था आएमा देश आजको सिरिया वा इजिप्टभन्दा कम हुनेछैन । त्यतिखेरको हिसाव अनसनका प्रायोजनकर्ताहरुले अहिलेदेखि नै गर्दै गरे राम्रो होला ।