१० असार २०८३, बुधबार
,
Latest
रास्वपा महाधिवेशन: तातेको निर्वाचन माहोल- फोटो फिचर छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता कर्णालीका यातायात कार्यालयबाट ११ महिनामा ३१ करोड २३ लाख राजस्व संकलन, करको मुख्य हिस्सा सवारीसाधनबाट आज पनि सुनचाँदीको मूल्य घट्यो सत्तामा पुगेपछि सुशासनको वाचा बिर्सिएको महासचिव पाेखरेलकाे आरोप रास्वपा महाधिवेशन निर्वाचन : ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा आउने दाबी विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्न पाउने असहायको उद्धारमा झापाकाे मानवसेवाश्रम सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल हङकङसँग पराजित



अ+ अ-

काठमाडौं । आईसीसी महिला टी २० विश्वकपको एसिया छनोटमा नेपालले आफ्नो पहिलो खेलमै हार ब्यहोरेको छ । 

दुबईस्थित आईसीसी एकेडेमी मैदानमा सम्पन्न खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको हो।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १०४ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको हङकङले ४ विकेट गुमाएर १९ औं ओभरको समाप्तिमा लक्ष्य भेट्टायो ।

सुरुवाती ब्याटिङमा उत्रिएको नेपालका लागि ओपनर सिता राना मगरले ५८ बलमा अविजित ४० रनको योगदान दिइन् । उनले चार चौका प्रहार गरिन् । त्यस्तै, इन्दु वर्माले ३१ रन बनाइन्। 

बलिङतर्फ हङकङका बेट्टी चान र केरी चानले समान १–१ विकेट लिए ।

हङकङका लागि ओपनर मारिको हिलले सर्वाधिक ४४ रन बनाउँदा केरी चेनले १७ रन बनाइन् । त्यस्तै नतासा माइल्सले १६ रन बनाउँदा इम्मा लाइले अविजित १३ रन बनाइन्।

नेपालको तर्फबाट कविता कुवँर, सीता मगर र सबनम राईले समान १र१ विकेट लिए।