४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

चुनावको प्रि–मनसुन सुरु भएको वेला

चुनावको प्रि–मनसुन सुरु भएको वेला
अ+ अ-

सुशील पन्त-
बंगालको खाडीवाट आएको बाफका कारण सुरुभएको पानी पार्ने मनसुन क्रमश सकिदै गएको समयमा मंसीरमा चुनाव गर्नकालागि ‘चुनावी प्रि–मनसुन’ सुरु भएको देखिएको छ । पानी पार्ने मनसुन सेप्टेम्बर पहिलो साता अर्थात भदौको तेस्रो सातासम्म सक्रिय रहने भएपनि मध्य अगष्ट सम्ममा पर्याप्त पानी परिसकेको छ । कतियय स्थानमा बाढीका कारण धनजनको क्षति भएपनि, पर्याप्य पानी परेका कारण यसबर्ष धानको उत्पादन बढने अपेक्षा गरिएको छ । सरकार र राजनीतिले जनतालाइ राहात दिन नसकेपनि प्रकृतिले यसपटक नेपाली किसानलाइ उपहार दिएको छ, खुसी तुल्याएको छ । धान उत्पादन बढेपनि किसानले धानको उचित मुल्य नपाएर मंसीरमा फेरि निराश हुनेछन, तर धान उत्पादन बढ्यो भने भोकमरी लाग्ने छैन् । मनसुनी बर्षा सकिनै लाग्दा नेपालमा चुनावी मनसुन सुरु हुने लक्षण देखिएको छ, चुनावी मनसुन कति फाप्नेछ भन्ने कुर्न अब मुस्किलले तीन महिना कुरे पुग्छ ।
अर्थशास्त्रको सिद्धान्त जस्तै ‘अन्यकुरा यथावत रहेमा’ तिन महिना पछि आजको दिन अर्थात मंसीर चारमा नेपाली जनताले आफ्नो भाग्यको फैसलागर्न मतदानको लाइनमा बसेका हुनेछन् । आजका मितिसम्म मंसीरको चुनाव पूरै सुनिश्चित भइसकेको त छैन, यद्यपी मंसीरमा चुनाव नहुनुपर्ने कारण देखिएको छैन । प्रमुख दलका शीर्ष नेताहरुका भाषणलाइ विश्वास गर्नेहो भने मंसीर चारको चुनाव रोक्न सक्ने सामर्थ अब कसैसंग छैन् । जनतालाइ ढाटने दलका शीर्ष नेताहरुको कुरा विश्वास नगरेपनि राष्टिय अन्तराष्टिय परिस्थितीले च्याप्दै लगेपछि चुनावको माहौल सृजना भएको हो । चुनावको विरोध गरिरहेको नेकपा माओवादीका नेताहरुका समेत बोली गल्न थालेका छन । केहीदिन अघिसम्म चुनावको चर्को विरोध गरेका माओवादी नेताहरु केही मागमा सहमति भए चुनावमा सहभागि हुने कुरा गर्नसुरु गरेका छन । कसैको इच्छा, चाहाना वा बाध्यताले भन्दापनि ‘थ्र्योरी अफ इभोलुसन’ले मंसीर चारको चुनावको लागि दवाव सृजना गरेजस्तो देखिएको छ ।
मंसीरको चुनावकालागि विभिन्न राजनीतिक दलले चुनावी अभियानलाइ तीब्र पारेका छन । एकीकृत माओवादीले जनसम्बन्ध अभियान नाम दिइएको एकैपटक देशव्यापी रुपमा चुनावी अभियान सम्पन्न गरिसकेको छ । नेकपा एमालेले यस्तै खालको अभियान संचालन गरिसकेको छ भने कागे्रसले पनि प्रशिक्षक प्रशिक्षण मार्फत कुनै न कुनै ढंगले चुनावी अभियान संचालन गरेको छ । चुनावको सरगर्मी सबैभन्दा बढि तराइ मधेशमा बढेको देखिन्छ । मधेशी दलहरुमा नेतका कार्यकर्ता तान्ने लहर आएको छ । मधेशका जनताहरु चुनावलाइ १२ बषमा लाग्ने गढीमाइको मेला भन्दा ठूलो मान्ने गरेका छन । किनभने तराइका धेरै मतदाताले चुनावको समयमा साइकिल वा साडी फेर्न पाउछन, उनिहरुका लागि दशै, तिहार, छट वा माघी भन्दापनि चुनाव ठूलो पर्व हुने गरेको छ । अन्यकुराले ठगिएपनि मधेशका जनताले ‘उदार’ नेता पाएका छन, कम्तिमा चुनावमा एउटा साइकल, एउटा साडी र उस्तैपरे एक वोतल ‘सन्जीवनी’ झोल पाउछन ।
नेपालको पूरानो पार्टी नेपाली काग्रेसले समेत चुनावी घोषणापत्र तयारीका लागि समिति गठन गरेपछि मंसीरमा चुनाव हुने संभावना बढ्दै गएजस्तो देखिएको छ । उमेदवारको सूची पठाउन कागे्रसले जिल्ला समितिलाइ परिपत्र गरेपछि मंसीरको चुनावको शंशय मेटिएजस्तो छ । कागे्रसजस्तो उमेरले परिपक्क पार्टी चुनावका लागि मैदानमा उत्रिेपछि चुनाव नहोला भन्ने धेरै आशंका गर्नुपरेन । विगतका अनुभवलाइ हे¥र्यो भनेपनि नेपाली कागे्रस तयार भएपछि चुनाव हुने गरेको थियो । कुराले चुनान चुनाव भनेपनि नेपाली कागे्रस अहिलेसम्म भीत्रैदेखी चुनवाका लागि तयार भइसकेको थिएन । तर चुनावी खर्च जुटाउन सभापति सुशील कोइरालाको नेतृत्वमा समिति गठन गरिसकेकोले त्यतिधेरै आशंका गर्नुपर्ने अबस्था रहेन ।
दिनगन्तीका हिसावले मंसीर चार आउन ९०–९१ दिन बाकी रहेपनि मंसीरको चुनाव आगनको डिलमै आइसकेको छ । यसबीचमा तीज, दशै, तिहार, छट र इदजस्ता नेपालीका ठूला चाड परेका कारण एक महिना त्यसै जानेछ । राजनीतिक दलकालागि चुनावी सभा गर्नकालागि पनि सीमित दिन बाकी रहनेछ । मध्य कात्तिकपछि तराइ र पहाडमा धान पाक्ने भएकोले बहुसंख्यक किसानहरु धान स्याहार्नमा व्यस्त हुनेछन । त्यसैदे दलहरुले मध्य कात्तिक भन्दा पहिलै चुनावी प्रचार र सभाहरु गर्नुपर्नेछ । समयका हिसावले मंसीर चार धेरै टाढा छैन ।
सूचना प्रविधि तथा संचारको विकासका कारण काठमाडौमा भइरहेका राजनीतिक गतिविधिप्रति दूर दराजका सर्बसाधारण जनता बेखवर छैनन् । चुनावमा कुन दललाइ भोट दिने भन्ने कुरा सर्बसाधारण जनताले निर्णय गरिसकेका छन् । त्यसकारण विगतमा जस्तो चुनावी सभा गरेर जनतालाइ सम्झाउनु पर्ने बाध्यता दलहरुसंग छैन । आम संचारका माध्यम मार्फत विज्ञापन गरेरपनि चुनाव प्रचार गर्न पाइने भएका कारण राजनीतिक दललाइ चुनावी सभा गर्नुपर्ने बाध्यता छैन । प्रतिष्पर्धी दललाइ मनोवैज्ञानिक त्रास दिनको लागि मात्र चुनावी सभा गर्नुको अर्थ हुनेछ । कुन रनजनीतिक दलका एजेण्डा कस्ता छन भन्ने बिषयमा समेत सर्बसाधारण जनता लगभग प्रष्ट भइसकेका छन् ।
मंसीर चारमा चुनाव भएपनि दोस्रो संविधनसभाले संविधान बनाउने कुराको सुनिश्चितता महत्वपूर्ण कुरा हो, प्रमुख दलका शीर्षनेता सम्मिलित उच्चस्तरिय राजनीतिक समितिले संविधानसभाको पहिलो बैठक बसेको ६ महिना भीत्र संविधानको मस्यौदा सार्बजानिक गर्ने र एकबर्षमै संविधान जारीगर्ने प्रतिबद्धता जनाएको छ । एकबर्षमै संविधान बनाउने महत्वकाक्षा पूरागर्न संविधानका भुलभूत सिद्धान्त र विबादित बिषयमा पूर्व सहमति खोजन जरुरी छ । नयाँ संविधानसभालाइ पनि उचाल्न नसक्ने विबादको भारी बोकाउने गल्ती गरियो भने तेस्रो संविधानसभाको निर्वाचन गर्नुपर्ने दिन आउनेछ । कम्तिमा पहिलो संविधानसभाको विफलताको कारण पहिल्याएर संविधान लेखनको अध्याय सुरु गर्यो भने संविधानसभाले देशलाइ निकाश दिनेछ । चुनावको प्रि–मनसुन सक्रिय बन्दै गयो भने मंसीर चारमा अबस्य पानी पर्नेछ !