४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

लालू, काल र मंसीरको चुनाव !

लालू, काल र मंसीरको चुनाव !
अ+ अ-


सुशील पन्त–
‘मंसीर चारमा चुनाव हुन्छ, एक हुन्छ, दुइ हुन्छ, तिन हुन्छ, चुनाव भएरै छाड्छ !’ नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले ईद मिलनको अबसरमा चारदिन पहिले राजधानीमा आयोजित कार्यक्रममा यस्तो भाषण गरेको सुन्दा बाल्यकालमा पढेको झलस्स एउटा कथा याद आयो । पूरानो पाठ्यक्रमको कक्षा तिनको नेपाली वर्णमालामा ‘लालू र काल’ शीर्षकको एउटा कथा थियो । लालू गाउको छट्टु केटा थियो । लालू सधै बनमा बाख्रा चराउन जाने गर्दथ्र्यो । बाख्रा चराउन गएको समयमा लालूले रुखमा चढेर बाघले आफ्ना बाख्रा खाइदिन लाग्यो भनेर गाउलेसंग गुहार माग्र्यो । गाउलेहरु खेतको काम छाडेर लागूलाइ गुहार दिन आए, तर बाघ आएको रहेनछ । भोलीपल्ट पनि उसले उसैगरी गाउलेलंग गुहार माग्यो, भोलीपल्ट पनि गाउलेहरु गुहार दिन आए । त्यसरी गाउलेलाइ झुक्याउन र दुख दिन पाएकोमा लालूले हर्ष मनायो । जब एकदिन लालूको बाख्रा खान साच्चिकै बाघ आयो, पहिले जस्तै उसले गाउलेसंग गुहार माग्र्यो । तर लालूको झूक्याउने बानी बुझेका गाउले गुहार दिन आएनन, बाघले लालूका सबै बाख्रा खाइदियो ।
‘लालू र काल’को कथालाइ बिर्षाउने गरी यतिवेला दलका नेताहरुले मंसीर चारको चुनाववारे प्रचार गरिरहेका छन । प्रमुख दलका प्राय सबै नेताको एउटै स्वर छ, ‘मंसीर चारमा चुनाव हुन्छ, चुनावको मिति सर्दैन, चुनाव रोक्ने सामर्थ कसैसंग छैन ।’ परन्तु मंसीरमा चुनाव हुन्छ भन्ने बिषयमा बहुसंख्यक मतादता विश्वस्त छैनन । निश्चयपनि राष्टिय अन्तराष्टि दवावका कारण दलका नेताहरुले दावी गरेजस्तै चुनावको माहौल विस्तारै बन्दैछ, तर विगतमा दलका नेताहरुले दावी गरेका कुनैपनि कुरा पूरा नभएका कारण जनताले यसपटक नेताको कुरा विश्वास गरेका छैनन । नत्र प्रधामन्त्री बनिसकेका शीर्ष नेताले निर्वाचन जस्तो नियमित प्रक्रिर्यालाइ भृकुटी मण्डपमा खासाका नक्कली सामान व्यापार गर्ने व्यापारीको ‘वारेष्टी’ जस्तो, मंसीरमा चुनाव हुन्छ, एक हुन्छ दुइ हुन्छ, तिन हुन्छ भन्नु पर्ने अबस्था आउथ्र्यो ? यो प्रश्न अध्यक्ष खनाललाइ मात्र होइन, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कागे्रस सभापति सुशील कोइरालाको पनि हो ।
संविधानसभा निर्वाचनकालागि ८४ दिन बाकी रहेको आजको दिनमा मंसीर चारमा चुनाव हुने संभावना ५१ प्रतिसत मात्र हो, दलका नेताले चर्को स्वरमा जतिसुकै दावी भएपनि जनता मंसीरमा चुनाव हुनछ भनेर आश्वस्त हुन सकिरहेका छैनन् । खासगरी नेकपा माओवादीसंग भएको वार्ता प्रक्रिर्या विफल भएका कारण धेरैले चुनाव हुनेमा संशय व्यक्त गरेका छन, भलै बीमाओवादी चुनावमा आउन इच्छुक नभएको किन नहोस । यथास्थितीमा हुने चुनावको ‘सशक्त’ बहिस्कार गर्ने नेकपा माओवादीको धम्की÷चेतावनीका वाबजुद प्रमुख दलका शीर्ष नेताहरु मंसीरमै चुनाव गर्ने बताइरहेका छन । दलका नेताको बोलीको ठेगान कतिको दह्रिलो छ भनेर जाच्नपनि मंसीर चार कुर्नुपर्ने भएको छ । यदी मंसीरमा चुनाव भएन भने दलका नेताहरुको विश्वस्नियता यति धेरै खस्किने छ, उनिहरुले आज मंगलवार भने भने जनताले विहिवार सुन्नेछन । पाँचदलीय संयन्त्रका दलका नेताले महसुश गरेका होलान, अबपनि मंसीरमा चुनाव भएन भने हाम्रो भनाइ जनताले विश्वास गर्ने छैनन ।
काठमाडौ क्षेत्रनं १० मा अस्ति आइतवार आयोजित कार्यक्रममा एमाओवादी अध्यक्ष प्रचण्डले मंसीर चारमा चुनाव हुने बिषयमा कुनै आशंका नरेको बताउनु भएको थियो । प्रचण्डको भनाइ उहाँको ‘अन्तर मनको अभिव्यक्ती’ हो भने, उहाँले निर्वाचन हुन्छ हुदैन भनेर कसैलाइ सोध्नु पर्दैन । प्रचण्डको भनाइ थियो–‘निर्वाचन हामीले महसुश गरेको बिषय हो, मंसीर चारको मिति हामीले जुराएको हो, अब चुनाव हुन्छ कि हुदैन भनेर कस्लाइ सोध्ने ? मंसीरमा चुनाव हुन्छ, कुनै तागलते रोक्न सक्दैन ।’मंसीरको चुनाव बाह्य शक्तिको इसारामा हुन लागेको भन्ने टीकाटिप्पणी आइरहेको समयमा प्रचण्डको जवाफ पर्याप्त छ, परन्तु प्रचण्डको भनाइको मूल्याङकन निकट भविश्यमै हुनेछ । किनभने एमाओवादीका नेताहरु विदेशी शक्तिवाट परिचालित छन भन्ने बीमाओवादीको आरोप रहिआएको छ ।
संविधानसभा बुर्जुवाहरुको हतियार बन्र्यो भन्ने निश्कर्षमा पुगेको भनिएको बीमाओवादी चुनावको सम्बनधमा अन्यौल देखिन्छ, किन्तु माओवादीका नेताहरु हामी चुनाव चाहान्छौ भनिरहेका छन । साथै उनिहरुले पञ्चायतकालीन चुनावको उदाहरण दिर्दै सबै निर्वाचन लोकतान्त्रिक नहुने जीकिर गरिरहेका छन । निश्चयपनि चुनावमा भाग लिनु नलिनु कुनै राजनीतिक दलको मौलिक अधिकारको बिषय हो, परन्तु चुवान बहिस्कार गर्छु र उमेदवारको खुट्टा भाच्छौ भन्नु अराजनीतिक कुरा । भोलीको दिनमा बीमाओवादी चुनावमा आउन राजी भयो भनेपनि आर्को कुनै शक्ति निस्केला चुनाव हुन दिन्नौ भन्ने । बीमाओवादी चुनावमा आउने वाताबरण बन्यौ भनेपनि मातृका यादवको आर्को माओवादी खुट्टा भाच्न तम्सेला, त्यो बेलापनि चुनाव स्थगन मात्र गरिरहने । चुनावमा सहभागि नभएपनि संविधानसभा बाहिर बसेरपनि माओवादीले शक्ति आर्जन गर्न सक्छ । माओवादीकै विश्वासमा संविधानसभा बुर्जुवाको हतियार बनेको हो भने त्यस्तो संविधानसभाले गतिलो संविधान बनाउन सक्दैन, त्यसपछि उत्पन्न असन्तुष्टिलाइ लिएर नयाँ क्रान्ति गर्छु भनेर योजना बनाउनु माओवादीका लागि बुद्धिमानी हुनेछ, नकि हुन लागेको चुनाव भाडेर बहादुरी देखाउनु ।
अर्थशास्त्रको सदाबहार पदावली ‘अन्यकुरा यथावत’ रहेमा तथा ठूला दलका शीर्ष नेताले खुट्टा कमाएनन भने अब मंसीर चारमा चुनाव हुने बलिया संभावना देखिदैछन् । दलका नेताले खुट्टा कमाए भने मंसीरको साटो चैतमा होइन नेपालमा संविधानसभाको निर्वाचन हुने छैन, निकट भविश्यमै संविधानसभा पुनस्थापनाको वहस चल्नेछ । यीनै नेताले भन्न थाल्नेछन–‘संविधान बनाउने सझिलो उपाय संविधानसभा, संविधानसभा पुनस्थापनको विकल्प छैन, संविधानसभा पुनस्थापनालाइ रोक्न सक्ने तागत कसैसंग छैन ।’ मंसीरमा संविधानसभाको चुनाव हुने नहुने कुरा थाहा पाउन धेरै दिन कुर्नु पर्ने छैन । असोजमा नवदुर्गा लाग्दा नलाग्दै संविधानसभा चुनाव हुने नहुने निक्यौल हुनेछ । मंसीर चारमा चुनाव हुने कुरा लालूको काल जस्तो नहोस भन्ने कामना मात्र ।