५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएन उपाध्यक्षमा अष्ट्रेलियाबाट ओलीको उम्मेद्वारी



अ+ अ-


सिड्नी, सेप्टेम्बर २ । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषदको उपाध्यक्ष पदमा अस्ट्रेलियाबाट भवानी ओलीले उम्मेद्वारी घोषणा गरेका छन् । आइतवार सिड्नीमा आयोजित नेपाली समुदायका प्रतिनिधिहरुको भेलामा ओलीले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

उक्त कार्यक्रममा ८ पृष्ठ लामो घोषणा पत्र सार्वजनिक गर्दै ओलीले संघको संस्थागत पुनर्संरचना, सशक्तीकरणको अवधारणा र संघको उद्देश्य प्राप्तिमा देखिएका समस्याहरुको समाधान जस्ता विषयलाई उल्लेख गरेका छन् । साथै परोपकारी कार्यको लागि वर्षको ५० मिलियन डलरसम्म नेपाल भित्र्याउन सक्ने कार्यक्रम, जन दवावको लहर सृजना गरी एक पटकको नेपाली सधैको नेपाली कायम गराउन पहल गर्ने, सामुहिक लगानीको क्षेत्रमा ठूलो सहागिता बढाउने, द्वन्द्वमुखि साँगठनिक संरचनाबाट रचनात्मक संगठनिक स्वरुपतर्फ संघलाई रुपान्तरण गर्ने र विद्यार्थी, युवा र महिलाको समस्या पहिचान र समाधान गर्दै उनीहरुको एकिकृत शक्तिलाई संघको उद्देश्य प्रप्तिमा उपयोग आफ्ने मुख्य योजना रहेको ओलीले बताए ।

क्त कार्यक्रमका सोलिसिटर डा शम्शेर सिंह थापा, डा कृष्ण हमाल, डा होममूर्ती पन्त र एनआरएन अस्ट्रेलियाका अध्यक्ष महेन्द्र ओलीले घोषणपत्रमा उल्लेख भएका कार्यक्रमहरुको कार्यान्वयन तथा निर्वाचनको लागि शुभकामना दिएका थिए । साथै कार्यक्रममा नेपाली समुदायका प्रतिनिधिहरुले उम्मेदवारीका बारेमा बिबिध जिज्ञासा र र सुझावहरु दिएका थिए ।

एनआर अभियानमा अस्ट्रेलियाबाट निकै सक्रिय हुादै आएका ओली अन्तराष्ट्रिय युवा संयोजक (२००९-२०११) एनआरएन आइ सि सिको विधान संसोधन समितिमा बसेर काम गरिरहेका छन् । यसअघि अष्ट्रेलियबाट एनआरएन आइसिसिमा शेष घलेले अध्यक्ष र ध्रुव सुवेदीले महासचिव पदमा उम्मेदवरी घोषणा गरिसकेका छन । एनआरएन आइ सि सिको पाँचौ अधिवेशन अक्टोवर १९ देखि २२ सम्म काठमाण्डौमा हुँदैछ ।




भर्खरै