• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट ★   न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक– तस्बिरहरू ★   ६ एसएसपीको सरुवा, काठमाडौं प्रमुखमा को आए ? ★   अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन गृह मन्त्रालयको निर्देशन ★   सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाइँदै ★   प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट ★   कीर्तिमानी कोहलीः १० सिजनमा ४०० भन्दा बढी रन बनाउने पहिलो ब्याट्सम्यान ★   आईपीएलमा आज: बलियो कोलकाता र पञ्जाब खेल्दै ★   सालझण्डी–ढोरपाटन सडकमा ढिलासुस्ती ★   न्युरोडबाट एक केजी भन्दा बढि सुन र डेढ करोड रकमसहित ७ जना पक्राउ

प्रतिबन्धित ‘इनर्जी ड्रिंक्स’ खुलेआम बिक्री



खाद्य ऐन २०२३ ले तोकेको मापदण्ड अनुरूप नभएकोभ भन्दै सरकारले प्रतिबन्ध लगाएका आयातीत इनर्जी ड्रिंक्सहरू बजारमा खुलेआम बिक्री भइरहेको पाइएको छ। रेडबुललगायतका उत्पादनहरूमा स्पस्ट लेभल नभएको र त्यसमा भएको मिसावटसमेत स्पस्ट नभएकोले त्यस्ता उत्पादन बजारबाट फिर्ता गर्न जेठमा सरकारले सार्वजनिक सूचना जारी गरेको थियो।

उत्पादन तथा बिक्री वितरणमा अटेरी गरिरहेकेा भएपनि सरकारले कदम नचालेको समाचार आजको कारोबार दैनिकमा छ।
खाद्य ऐन र नियमावलीले तोकअनुसार स्पस्ट लेभल नभएको राइनो एस र रेडस्टार इनर्जी ड्रिंक्सलाई गत जेठमा  खाद्य तथा गुण नियन्त्रण विभागले प्रतिबन्ध लगाएको थियो।