५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुवामा हारेपछि आफ्नै अपहरणको नाटक



अ+ अ-

जुवामा पैसा हारेपछि एक व्यक्तिले आफू अपहरणमा परेको नाटक गरी आफन्तसँग पैसा उठाउने प्रयास गरेका छन् । चितवनको भन्डारा घर भई बत्तीसपुतली बस्दै आएका ३४ वर्षीय धर्मराज वलीले आफू अपहरणमा परेको भन्दै श्रीमतसिँग ५० लाख फिरौती मागेको आजको नयाँ पत्रिकामा खबर छ ।

उनको नाटक पत्ता लगाएपछि वलीलाई प्रहरीले थुनामा राखेको छ ।

प्रहरीका अनुसार वलीले केही दिनअघि जुवामा करिब तीन लाख रुपैयाँ हारेका थिए । पैसा हारेपछि तनावमा परेका उनले आफन्तबाट पैसा उठाउन खोजेका हुन् । सालो अस्ट्रेलियामा रहेकाले अपहरणमा परेको भनेपछि पैसा पठाइदिने विश्वासमा उनले आफू अपहरणमा परेको भन्दै श्रीमतीलाई फोन गरेका हुन् । शुक्रबार दिउँसो एक बजे उनले आफूलाई चार व्यक्तिले अपहरण गरेको भन्दै श्रीमतीलाई फोन गरेका थिए ।

५० लाख नदिए आफूलाई मारिदिने धम्की दिएको भन्दै नाटक गरेका थिए । पछि अहिलेलाई खातामा ५ लाख रुपैयाँ हालिदिए छोडिदिने बताएका थिए । श्रीमतीले इन्भेस्टमेन्ट बैंकमा रहेको खातामा पैसा हालिदिएको बताएपछि उनी आफैं लिन गएका थिए । त्यसक्रममा वली पक्राउ परेका हुन् ।




भर्खरै