१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियामा २ सय नेपाली समातिए



अ+ अ-

मलेसिया सरकारले अवैध बसिरहेका विदेशी कामदारलाई स्वदेश फर्काउन आइतबार बिहानैदेखि धरपकड सुरू गरेको छ। पहिलो दिन २ सय भन्दा बढी नेपाली पक्राउ परेको नेपाल–मलेसिया वैदेशिक रोजगार समन्वय समितिका संयोजक हरि भट्टराईले जानकारी दिएको आजको नागरिक दैनिकमा समाचार छापिएको छ।

उनका अनुसार राजधानी क्वालालाम्पुरलगायत जोहोरबारू, पेनाङ, इपो, केलाङ र देङकिल क्षेत्रबाट बढी पक्राउ परेका छन्। नेपाली कामदार बढी बस्ने ठाउँ पनि पेनाङ र जोहोरबारू नै हो।
दुई सयभन्दा बढी नेपाली समातिएको खबर छ, तर यहाँको अध्यागमन विभाग र नेपाली दुतावासले केही जानकारी दिएको छैन,’ उनले आइतबार बेलुकी भने,’ पक्राउ परेका सबै अवैधानिक पनि नहुन सक्छन्, सोमबार अफिस खुलेपछि मात्र यकिन थाहा हुन्छ।’
मलेसियाली अध्यागमन विभाग नेतृत्वको टोलीले शनिबारदेखि नै धरपकट सुरू गरेको थियो। तीन बजे विहान सबैभन्दा बढी पक्राउ परेका थिए। राति अबेरसम्म यो क्रम जारी रहेको त्यहाँका नेपाली व्यवसायी तथा कामदारले बताएका छन्।
यसबाट करिब ७ लाख नेपाली कामदार रहेको मलेसियामा ६५ हजार प्रतक्ष प्रभावित हुनेछन्। मलेसियामा विभिन्न देशका करिब २० लाख कामदार अबैध छन्।