५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियामा २ सय नेपाली समातिए



अ+ अ-

मलेसिया सरकारले अवैध बसिरहेका विदेशी कामदारलाई स्वदेश फर्काउन आइतबार बिहानैदेखि धरपकड सुरू गरेको छ। पहिलो दिन २ सय भन्दा बढी नेपाली पक्राउ परेको नेपाल–मलेसिया वैदेशिक रोजगार समन्वय समितिका संयोजक हरि भट्टराईले जानकारी दिएको आजको नागरिक दैनिकमा समाचार छापिएको छ।

उनका अनुसार राजधानी क्वालालाम्पुरलगायत जोहोरबारू, पेनाङ, इपो, केलाङ र देङकिल क्षेत्रबाट बढी पक्राउ परेका छन्। नेपाली कामदार बढी बस्ने ठाउँ पनि पेनाङ र जोहोरबारू नै हो।
दुई सयभन्दा बढी नेपाली समातिएको खबर छ, तर यहाँको अध्यागमन विभाग र नेपाली दुतावासले केही जानकारी दिएको छैन,’ उनले आइतबार बेलुकी भने,’ पक्राउ परेका सबै अवैधानिक पनि नहुन सक्छन्, सोमबार अफिस खुलेपछि मात्र यकिन थाहा हुन्छ।’
मलेसियाली अध्यागमन विभाग नेतृत्वको टोलीले शनिबारदेखि नै धरपकट सुरू गरेको थियो। तीन बजे विहान सबैभन्दा बढी पक्राउ परेका थिए। राति अबेरसम्म यो क्रम जारी रहेको त्यहाँका नेपाली व्यवसायी तथा कामदारले बताएका छन्।
यसबाट करिब ७ लाख नेपाली कामदार रहेको मलेसियामा ६५ हजार प्रतक्ष प्रभावित हुनेछन्। मलेसियामा विभिन्न देशका करिब २० लाख कामदार अबैध छन्।