४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्मी र पुलिसको बराबरी



file
अ+ अ-

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत  त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले बराबरी खेलेका छन् । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको विभागीय डर्बीमा दुबै टिमले १(१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । 

पुलिसका सन्तोष हेमरामले गोल गरे भने आर्मीका विवेक बस्नेतले बराबरी गोल फर्काए ।

खेलको ५१ औं मिनेटमा सन्तोष हेमरामले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए । 

खेलको ६१ औं मिनेटमा परिवर्तित खेलाडी विवेक बस्नेतले गोल गर्दै आर्मीलाई १(१ गोलको बराबरीमा ल्याए ।

आर्मीका सेसेहाङ म्यान अफ दि म्याच घोषित भए ।