२७ मंसिर २०८२, शनिबार
,
Latest
एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली विद्यार्थीलाई कलेज छान्ने अवसरकालागि निशुल्क भारत भ्रमणको अवसर



अ+ अ-

काठमाडौं २५ भाद्र । नेपाली विद्यार्थीहरुलाई उत्कृष्ट विद्यालय र कलेज छनौटको अवसर जुटाउँदै आएको स्टुडेण्ट केयर सेन्टरले दोस्रो पटक नेपाली विद्यार्थीहरुका लागि निःशुल्क भारत भ्रमणको अवसर प्रदान गर्ने भएको छ ।

पहिलो पटक दिल्ली, चण्डिगढ, हरियाणा, पानीपथ, पञ्चाव, मेरठ्ठाका कलेजहरुमा नेपाली विद्यार्थीलाई लगेर छनौटको अवसर दिएको सो सेन्टरले सो कार्यक्रमको सफलतापछि दोस्रो पटक प्लस टु, स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरुलाई भारतका विभिन्न कलेजहरुको भ्रमण गराई प्रत्यक्ष रुपमा त्यहाँको अध्ययन शुल्क, वातावरण, बसोवास, भौतिक पूर्वाधार, आधुनिक प्रविधियुक्त प्रयोगशाला र विशेष छात्रवृत्ति र शैक्षिक कर्जाका साथै अन्य सुविधाको विषयमा जानकारी गराउँने उद्देश्यले निःशुल्क शैक्षिक भ्रमण गराउने भएको हो ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै स्टुडेण्ट केयर सेन्टरले नेपालका विभिन्न भौगोलिक क्षेत्रबाट आएका विद्यार्थीहरुलाई काठमाडौंमा रहेका कलेजहरुको निःशुल्क अवलोकनको व्यवस्था, विकट क्षेत्रबाट आएका पिछडिएका विद्यार्थीको अवस्थालाई छात्रवृत्ति मिलाई व्यवस्था, जेहेन्दार विद्यार्थीहरुला सम्मान गर्नु साथै विद्यार्थीहरुका लागि मनोरञ्जन र चेतनामूलक कार्यक्रम गर्दै आएको समेत जानकारी गराईएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राजेश प्रसाद साहले पछिल्लो समयमा विदेशमा पढाईको नाममा प्रलोभन देखाई विद्यार्थीहरुसँग आर्थिक सङ्कलन गरी अलपत्र पारेकोले अवस्थामा आफूहरुले प्रत्यक्ष रुपमा अनुभव गराएर आफै विद्यालय छान्ने अवसर दिएर ढगीबाट बचाएको दावी गरे ।