३० भाद्र २०८३, मंगलवार
,
Latest
श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान मलेसियाले सन् २०२७ का लागि २५० मेगावाट हरित ऊर्जा कोटा दिने बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला निजी क्षेत्रको संरक्षणमा प्रदेश सरकार तत्पर छः मुख्यमन्त्री कार्की एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीको घोषणा स्वनिगः विश्वविद्यालयको लक्ष्यमा महानगरपालिका एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित संविधान दिवस भव्यताका साथ मनाउन पर्सा जिप्रकाको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्खेतको शान्ति समिति उत्कृष्ठ



अ+ अ-

सुर्खेत,७ असोज ।
स्थानीय शान्ति समिति सुर्खेत देशभरबाटै छनौटमा परेका उत्कृष्ठ दश भित्र परेको छ ।
अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा काठमाडौंमा भएको एक कार्यक्रममा सुर्खेतलगायत देशभरका दशवटा शान्ति समितिलाई उत्कृष्ठ दश घोषणा गरिएको हो । कार्यक्रमा मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीले उत्कृष्ठ भएका शान्ति समितिलाई प्रमाणपत्रसहित सम्मान गरेका हुन् । मध्यपश्चिमाञ्चलबाट रोल्पाको शान्ति समिति पनि उत्कृष्ठ भएको छ ।
गत भदौ २१ मन्त्रीस्तरीय निर्णयले देशभरका शान्ति समितिबाट सुर्खेतसहितका दश शान्ति समितिलाई उत्कृष्ठ घोषणा गरिएको थियो । सामाजमा द्वन्द्व व्यवस्थापनमा महत्वपूर्ण योगदान पु¥याएको, मेलमिलाप गरेको र सामाजिक सद्भाव कायम गरेको भन्दै शान्ति समितिहरुलाई उत्कृष्ठ घोषणा गरिएको हो । शान्ति समितिले नेपालको शान्ति प्रकृयासमेत सहयोग गरेकोले उत्कृष्ठ घोषणा गरिएको स्थानिय शान्ति समिति सुर्खेतका संयोजक मोहन थापाले जानकारी दिए ।