३० भाद्र २०८३, मंगलवार
,
Latest
श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान मलेसियाले सन् २०२७ का लागि २५० मेगावाट हरित ऊर्जा कोटा दिने बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला निजी क्षेत्रको संरक्षणमा प्रदेश सरकार तत्पर छः मुख्यमन्त्री कार्की एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीको घोषणा स्वनिगः विश्वविद्यालयको लक्ष्यमा महानगरपालिका एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित संविधान दिवस भव्यताका साथ मनाउन पर्सा जिप्रकाको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

बढी भन्दा बढी यूवालाई संविधानसभाको निर्वाचनमा टिकट दिन माग



अ+ अ-

काठमाडौ, ८ असोज । नेपाल तरुण दलले आगामि मंसिर ४ गतेको लागि घोषित संविधानसभाको निर्वाचनमा बढी भन्दा बढी यूवाहरुलाई उमेदवार बनाउन माउ पार्टी नेपाली काग्रेससँग माग गरेको छ ।
तरुण दलले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर कुल मतदाता मध्ये ५५ प्रतिसत यूवाहरुको संख्या रहेको उल्लेख गर्दै बढी भन्दा बढी यूवालाई उमेदवार बनाउन सके नेपाली काग्रेसले आधा स्थानमा प्रत्यक्ष तर्फ जित हासिल गर्ने दावी गरियो ।
त्यसै गरी पत्रकार सम्मेलनमा लोकतान्त्रिक संविधान निर्माणको लागि नेपाली काग्रेसको नेतृत्व आवश्यक रहेकोले काग्रेसलाई विजयी बनाउन उसले आफ्नो चुनावी रणनीति समेत सार्वजनिक गरेको छ । जसमा आफ्ना ७ लाख सदस्यलाई निर्वाचनमा पुर्ण रुपमा परिचालन गर्ने छ । तरुण दलले मतदाता सुरक्षाको लागि प्रत्येक निर्वाचन क्षेत्रलाई लक्षित गरी ईलाका स्तरीय तरुण घुम्ति टोली र प्रत्येक बुथमा राख्ने गरी तरुण बुथ स्वयम सेवक टोली गठन गर्ने छ ।

पत्रकार सम्मेलनमा बोल्दै दलका अध्यक्ष उदय शमसेर राणाले यूवा मतदाताहरुले नयाँ र यूवा उमेदवारको खोजी गरिरहेको उल्लेख गर्दै यूवा नेतृत्वले अघिक से अघिक टिकट पाए नेपाली काग्रेसले ५० प्रतिसत स्थानमा विजय हात पर्ने दावी गरे ।
उनले तरुण दलका कार्यकर्ताहरुलाई अब निर्वाचन क्षेत्रमा गएर मुख होईन रुख हेरेर भोट हालौ भन्ने नाराकासाथ नेपाली काग्रेसको पक्षमा माहौल बनाउन समेत निर्देशन दिए ।
सो काग्रेसको चुनावी घोषणा पत्रमा उल्लेख गर्ने गरी यूवा परिषद र आयोग गठन, बेरोजगार भत्ताको ब्यवस्था सामाजिक सुरक्षा भत्ता २ हजार बनाउनु पर्ने, सहितका २७ बुँदे यूवा सवाल प्रस्तुत गरिएको जानकारी घोषणापत्र समितिका संयोजक नारायणप्रसाद भट्टराईले जानकारी दिए ।