३० भाद्र २०८३, मंगलवार
,
Latest
श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान मलेसियाले सन् २०२७ का लागि २५० मेगावाट हरित ऊर्जा कोटा दिने बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला निजी क्षेत्रको संरक्षणमा प्रदेश सरकार तत्पर छः मुख्यमन्त्री कार्की एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीको घोषणा स्वनिगः विश्वविद्यालयको लक्ष्यमा महानगरपालिका एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित संविधान दिवस भव्यताका साथ मनाउन पर्सा जिप्रकाको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

शीर्ष नेताहरुको चुनावी क्षेत्र टुंगो लगाउँदै एमाओवादी



अ+ अ-

काठमाडौं, १० असोज । एकीकृत नेकपा माओवादीले संविधानसभा निर्वाचनका लागि आफ्ना मुख्य नेताको उम्मेदवारी दिने चुनावी क्षेत्र बिहीवार घोषणा गर्ने तयारी थालेको छ ।

बिहीवार बस्ने कार्यालय र उम्मेदवार छनोट सिफारिस समितिको संयुक्त बैठकले मुख्य नेताको उम्मेदवारीलाई अन्तिम रुप दिने भएको हो । अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा मध्यान्ह बैठक बस्ने अध्यक्ष प्रचण्डका प्रेस सहयोगी शिव खकुरेलले जानकारी दिनुभयो ।

मुख्य–मुख्य नेताको उम्मेदवारी क्षेत्रलाई अन्तिम रुप दिएर साँझसम्ममा सार्वजनिक गर्ने माओवादीले जनाइएको छ । माओवादीको कार्यालयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी हुनुहुन्छ । बोगटी उम्मेदवार छनोट समितिका संयोजकसमेत हुनुहुन्छ ।

छनोट सिफारिस समितिले मुख्य नेताको निर्वाचन क्षेत्र टुंग्याएर अन्तिम रुप दिन कार्यालयको बैठकमा पेश गर्न लागेको एक नेताले जानकारी दिनुभयो ।