१९ मंसिर २०८२, शुक्रबार
,
Latest
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोईलावासमा घर घरै चर्पिका खालटा



अ+ अ-

कोईलावास दाङ, १० असोज : कोईलावास गाविसका हरेक वडामा शौचालय बनाउन खाल्टा खन्न थालिएको छ । आजभोलि हरेक घरमा जसो खाल्टो खन्ने लहरै चलेको छ । केहिले भने शौचालय बनाउन शुरु गरेका छन् ।
अबको केहि दिनमा शौचालय बनाई खुलादिसा मुक्त गरीने कोईलावास गाविस सचिव मेघ सिं पक्षाईको भनाई छ । गाविसको बजेट बाट सिट पाईप सिमेन्ट दिने भएकाले सबैको एकै चोटि काम शुरु गरेका हुन् । सर्बदलिय सर्बपक्षिय बैठकले विकास बजेट खर्चिने निर्णय गरेकाले शौचालय बनाउन लगानि गरिएको सचिव पक्षाईको भनाई छ ।
यसो त चेतनाको अभाव र शौचालय बनाउने अभियान समयमा नपुग्दा कोईलावास पछि परेको अभियानमा सहभागि जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्राविधिक राज कुमार पोख्रेलको भनाई छ । जिल्ला सरसफाई फोकल पर्सन तिलक न्यौपानेले अहिलेकै स्तरमा काम गरे धेरै दिन नलाग्ने जानकारी दिनुभयो । पाँच दिन सम्म घरदैले समेत गरेर फर्किनु भएका खानेपानी कार्र्यालयका ईनजिनियर नयौपानेले अबको केहि दिनमै शौचालय बनि सक्ने गरी रिङ बनाउने र खाल्टा खन्ने अभियान चलेको जानकारी दिनुभयो ।
दिसा खानुहुन्न भन्नेमा सबै सचेत छन् । कोईलावासमा गाविस स्तरीय सरसफाइ सम्मेलन, मुसी र खबरी नाकामा सरसफाई अन्तरकृया प्रशिक्षणा र विभिन्न गाउँहरुमा घरदैलो गरेको छ । १ सय ८८ घरधुरी रहेको गाविसमा २४ शौचालय बनिसकेका छन् । भने बाँकि रहेका घरहरुमा पनि खाल्टो नखनेका घरहरु भेटाउन गा¥हो हुन थालेको छ । भने शसस्त्र सिमा सुरक्षा बल (एस एस वि) नौ नम्बर बाहिनी कोईलावासका कम्पनी कमाण्डर प्रविण सिं सोडाले शौचालय बनाउन सामाग्रीमा अवरोध नगर्ने प्रतिवद्धता जनकाएका छन् । नेपाल मित्र राष्ट्र भएकाले विकास र पुजा सम्वन्धि सामाग्री निर्यातमा रोकावट नगर्ने बताएका छन । सुरक्षा प्रवन्ध सहित सिभिलमा उपस्थित सोडाले नेपालको सुरक्षा निकाएलाई पानी समेत आफैले दिएको भन्दै नेपाल आफ्नो छोटा भाई भएकाले सबै सहयोग गर्ने बताए । शौचालय बनाउने अच्छा काम भएको उनको भनाई छ ।