८ भाद्र २०८३, सोमबार
,
Latest
स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल महिला उद्यमशीलतालाई आर्थिक रूपान्तरणको आधार बनाउने कांग्रेसको प्रयास उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ जेन–जीका माग सम्बोधन गर्न सरकारले ‘डेडिकेटेड टिम’ बनाउने बेलायतले मिसाइल उत्पादनबारे युक्रेनलाई जानकारी दिएको क्रेमलिनको दावी टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित मेरिकी सांगीतिक दूत जेसिका लीन काठमाडौंमा, नेपाली संगीतकर्मीसँग व्यावसायिक आदानप्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसले आक्रमण गरेपछि युक्रेनबाट २० हजारभन्दा बढी नागरिक टर्की पुगे



अ+ अ-

अंकारा । युक्रेनमा रुसले सैन्य हमला गरेपछि यहाँका नागरिकहरु भागेर विदेशिएका छन् । त्यस क्रममा २० हजार जना भन्दा बढी युक्रेनी नागरिक भागेर टर्की पुगेका बताइएको छ । टर्कीका अधिकारीहरुले दिएको जानकारीअनुसार आइतबार सम्ममा युक्रेनबाट भागेर २० हजार ५५० जना नागरिक टर्की पुगेका छन् । 

रुसले युक्रेनमाथि गएको फेब्रुअरी २४ मा सैन्य हमला गरेको थियो । त्यसपछि आक्रमणको त्रासले यहाँबाट नागरिक भाग्ने क्रम सुरु भएको थियो । त्यसै क्रममा गएको फेब्रुअरी २४ देखि आइतबारसम्ममा २० हजार ५५० जना युक्रेनी नागरिक टर्की पुगेका बताइएको छ । 

टर्कीको आन्तरिक मामिलासम्बन्त्री मन्त्रालयका अनुसार हाल युक्रेनी नागरिकलाई टर्की प्रवेश गर्नका लागि प्रवेशाज्ञा नचाहिने भएको छ । उनीहरु राहादानी तथा परिचय पत्रका आधारमा त्यहाँ प्रवेश गर्न सक्ने भएका छन् । त्यसैले पनि यता युक्रेनमा रुसी हमलाबाट तर्सिएका नागरिक टर्की तथा अन्य छिमेकी मुलुकतर्फ भागेका हुन् । 

रुसले अहिले पनि युक्रेनका विभिन्न सहरमा हमला जारी नै राखेको छ । यहाँ सयौँ सैनिक तथा गैरसैनिक नागरिक मारिएका छन् । यहाँ अहिले पनि आक्रमण जारी नै रहेकाले मानवीय संकटको अवस्था देखिएको छ । त्यसकारण पनि सहयोगको खोजीमा यहाँका नागरिक बाहिरिएका छन् । (रासस/सिन्ह्वा)