५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी निर्वाचनमा आफ्नै पार्टी नेतृत्वमा सरकार बनाउछौँ : रामबहादुर थापा



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ले आफूहरुले पार्टीको दशौं महाधिवेशनबाट केपी शर्मा ओली नेतृत्वको केन्द्रिय कमिटी निर्माण गर्न चाहेको बताउनु भएको छ । 

पार्टीको दशौं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीका संयोजक समेत रहनु भएका नेता बादलले आगामी निर्वाचनमा आफ्नै पार्टी नेतृत्वमा सरकार बनाउने गरी सो महाधिवेशनबाट ओली नेतृत्वमा सक्षम केन्द्रिय कमिटी निर्माण गरेर अघि बढने बताउनु भएको हो । पार्टी निकट नेपाल बुद्धिजीवि परिषद्ले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले परमादेशबाट बनेको सरकार र सत्तारुढ गठबन्धनलाई विस्थापित गरेर एमाले पुनः राजकीय सत्तामा पुग्न पनि ओलीजस्ता समक्ष नेतृत्व पार्टीका लागि आवश्यक रहेको तर्क समेत गर्नुभयो ।  

नेता बादलले भन्नुभयो, ‘यो दशौं राष्ट्रिय महाधिवेशनको एउटा ऐतिहासिक महत्व यो कुरामा छ कि यो ऐतिहासिक महाधिवेशनले हामीले एउटा सबल र सक्षम नेतृत्वलाई स्थापित गर्ने, त्यसलाई निर्माण गर्ने, र विधान महाधिवेशनले जुन सही विचार, सही नीति जो प्रतिपादन गरेको छ, त्यसलाई अनुमोदन गर्ने र यसलाई सही सक्षम नेतृत्व निर्माण गरेर यसलाई कार्यान्वयन गर्ने र यसलाई आगामी निर्वाचनको माध्यामबाट फेरी नेकपा एमालेलाई चाँही राजकीय सत्तामा पुन स्थापित गर्ने र हामीले भनि राखेका छौं–हामी परमादेशबाट निर्माण भएको चाँही यो दक्षिणपन्थी जो सत्ता र सरकार छ, त्यसलाई हामी जनादेशबाट विस्थापित गर्छौं भन्ने पार्टीले नीति लिएको छ ।

हामीले मंसीर १० गते चितवनमा के सन्देश दिन चाहन्छौ भने हामी पुनः जनादेशबाट राजकीय सत्तामा नेकपा एमाले पुनस्थापित हुनेछ । र नेकपा एमालेको नेतृत्वमा मात्रै नेपालको समृद्धि सम्भव छ । नेपाली जनताको सुःखचाँही सम्भव छ । त्यसैले यो सन्देश हामी १० गते चितवनमा हामी पाँच लाख जनता केन्द्रिकरण गरेर हामी यो सन्देश दिन चाहन्छौं । हामी चितवनबाट कमरेड केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रिय समितिको निर्माण गरेर हामी एउटा सक्षम नेतृत्व निर्माण गर्न चाहन्छौं । र यो देशको जिम्मेवारी त्यो नेतृत्वलाई हामी दिन चाहन्छौं । १० औं राष्ट्रिय महाधिवेशनबाट हामी यो सन्देश दिन चाहन्छौं ।’

नेता बादलले एमालेको नेतृत्वमा मात्रै मुलुक समृद्ध हुने र नेपाली जनताले सुःख पाउने दावी समेत गर्नुभयो । उहाँले स्रोत नखुलेको सम्पत्तिबाट दलाल पूँजीपतिहरुको संरक्षण गर्न लागि परेको सत्तारुढ गठबन्धनबाट मुलुकको समृद्धि सम्भव नभएको पनि बताउनुभयो ।

कार्यक्रममा बोल्दै एमालेका नेता शंकर पोखरेलले नेपालको समृद्धिको योजना बनाएर अघि बढने ओली मात्रै प्रधानमन्त्री भएको बताउनु भएको थियो ।