१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काली ६७ सिनेमा घरमा एकैसाथ



अ+ अ-

रेखा थापाको नेपाली चलचित्र “काली” पूर्व मेचीको धुलाबारी देखि पश्चिम महाकालीको महेन्द्रनगर सम्म ६७ वटा चलचित्र घरमा एकै साथ प्रदर्शन हुँदैछ। साथै, उपत्यकाको करिब् १५ वटा चलचित्र घरमा समेत ‘काली’ को प्रदर्शन हुने छ।  यहि असोज २५ गते रिलिज हुने ‘काली’ ले दशैंको उपलक्षमा सर्बसाधारणलाई मनोरन्जन दिने छ । ‘काली’को प्रदर्शन अधिकार आँफूले नपाएर छबीराज ओझाले पाएको रिसमा वितरक मनोजराठी ले ‘काली’ संग जुधाउन रेखाले नै खेलेको एक भोजपुरी फिल्म ‘दामीनी’ को प्रदर्शन अधिकार खरिद गरेका थिए । रेखाका दर्शक बिभाजित हुन भन्ने उद्देश्यले सोहि दिन प्रदर्शन शुरु हुने ‘दामीनी’ले भन्दा आफ्नो ओरिजिनल नेपाली फिल्म ‘काली’ले दर्शक तान्नेमा कुरामा रेखा बिश्वस्त भएको बताएकी छिन । 

यता दशैको मुखमा आएर आफ्नो भोजपुरी चलचित्र दामिनी नेपालमा चल्ने भएपछि नेपाली दर्शकको माया पाइरहदा धेरै पैसाको लोभले नेपाली चलचित्र क्षेत्रलाई लात मादै भोजपुरी चलचित्र क्षेत्रमा हराएका बिराज भट अहिले दर्शकहरु आफ्नो चलचित्र हेर्न आतुर छन् भन्दै गफ हानिरहेका छन् । अव नेपाली दर्शकले बिराजलाई लात हान्छन् या माया गर्छन् असोज २५ बाट नै थाहा होला ।