४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

माओवादी नै किन ?

माओवादी नै किन ?
अ+ अ-

देवेन्द्र कोइराला –
संबिधानसभाको दोश्रो निर्वाचनको लागि पार्टीहरुले आफ्नो घोषणापत्र वा प्रतिवद्धतापत्र जारी गरेका छन् र केहिले गर्ने क्रममा छन् । देशको सबैभन्दा ठूलो शक्ति एमाओवादीले खुबै मेहनतका साथ प्रतिवद्धता सार्वजनिक गरेको छ । हुनपनि संबिधानसभा माओवादीकै एजेण्डा भएको र यहि संबिधानसभाबाटै राष्ट््िरय समस्याहरुको हल गर्न सक्दो प्रयत्न गर्ने दायित्व पनि उसैको भएको अनी संबिधानसभाको लागि ठूलो बलिदानी दिएको शक्तिको नाताले बिगतका गल्ती कमी कमजोरीहरुको बारेमा आत्माआलोचित हुनु पर्ने दायित्व पनि उसैले बोकेको छ । माओवादी बाहेकका अरु राजनीतिक शक्तिहरु भने ज्ञानेन्द्रसंग सत्ताको भागबण्डामा कुरो नमिलेर अनी जति ढोगेपनि उनले खुटृो लुकाएर बस्ने गरेका कारण आजित भएर माओवादीको निमन्त्रणमा गणतन्त्रको जन्त गएका मात्रै हुन् । जन्तीको भूमिका भनेको नाचगान र खानपिनमा रमाउने र बेहुलापटृीकालाई सरजाम किन्न दौडिन परेमा हात मिलाएर सहयोग गर्नु मात्रै हो, जुन उनीहरुले गरे पनि । माओवादीको निम्तो मानेर जन्तमा सहभागी भएका कांग्रेस एमालेहरुले एउटा साक्षी वा रोहवरकर्ताको हैसियतले उनीहरुले शुरुमा जुन भूमिका निभाए, त्यसको लागि उनीहरु पनि धन्यवादका पात्र छन् । यस बाहेक बिहेको सबै भार र बिहेपछिको दाम्पत्य जीवनको सुखदुखको भागिदारी बिहे गर्नेले नै व्यहोर्नु पर्दछ, जुन पीडा माओवादीको प्रतिवद्धतापत्रमा पनि उल्लेख गरिएको छ ।

यसै बीच कांग्रेस एमालेको पनि घोषणापत्र बजारमा देखिएको छ । एमाओवादीको घोषणापत्र हेर्दा जांचमा किताबका पानापाना कण्ठ बनाएर जांच दिने बिद्यार्थीको जस्तो छ भने, कांग्रेस एमालेहरुको चाहिं रातभर रोधी बसेर आंखा मिच्दै र हाई काढ्दै जांच दिनठसठसी गन्हाउंदै आएको नक्कले ठिटाको जस्तो । यद्यपी, कांग्रेस एमालेहरुसंग घोषणापत्र लेख्न अनुभव माओवादीको भन्दा धेरै नै छ । राजाका पालादेखि अहिलेसम्म उनीहरुले धेरैपटक कापी थपेरै लेखे । तर जति लेखेपनि पास चाहिं भएनन् बरु उनीहरुकै कारणबाट ०४७ सालको जरुवा संबिधान नै बली चढ्न पुग्यो । हरेक वर्ष एउटै कक्षामा बसेर कापी थपेर लेख्ने कांग्रेस एमालेहरुको जांचले सधैं आलु खाएको हामीले देखेकै छौं । यो किन पनि स्वभाविक थियो भने, उनीहरु परिवर्तनको परीक्षाको लागि योग्य थिएनन् र जुन स्कूलिङ्गमा उनीहरु हुर्केका थिए, त्यसले परिवर्तनको परीक्षामा जांच दिने योग्यता राख्दैन । यसैले दश कक्षा पास नगरेको विद्यार्थीले स्नातकोत्तरको परीक्षामा असफल भयो भनेर कुनै आश्चार्य मान्नुपर्ने कारण छैन । 

कांग्रेस एमालेलाई अहिले निकै आपत छ । अझ एमालेलाई झनै सकस । कांग्रेससंग बरु च्यातिएकै भएपनि टालटुल पारेर देखाउने प्रजातन्त्रको झोला छ । उ मछिन्द्रनाथको भोटो भैंm चुनाबका बेला त्यो झोला सन्दुकबाट झिक्छ, सिलाउंछ र चुनाबभरी देखाएर भैलो माग्दै हिंड्छ । केहि नेपालीहरु उसको झोलामा दान गर्छन् र यहि दानको कमाईले उ सत्तामा जान्छ र अर्को चुनाबसम्मको लागि झोला थन्क्याउंछ । तर एमालेसंग आफ्नो भन्नु केहि छैन, त्यसैले उ सधैं अरुको बैशाखी टेकेर गुजारा गर्न बाध्य छ । मगन्तेका घरमा थोत्रै भएपनि थरीथरी डिजाइनका लुगा हुन्छन् । मगन्तेले कट्टुसंगै कोट, भोटोसंग पाइन्ट, दौरासंग जांगे, दुईथरीका जुत्ता, कमिजमाथि गञ्जी र कहिलेकाहिं टिसर्टमाथि टाई पनि बांध्न भ्याउंछ । किनकी उसको आफ्नो भन्ने केहि छैन र जे छन् ती सबै अरुले जडौरी दिएका हुन् । त्यस्तै उसलेकांग्रेसले झैं प्रजातन्त्रको जनै भिर्न पनि भ्याएको छ, आफ्नो नाम कम्युनिष्ट पनि राखेको छ, झण्डामा हंसिया हथौडा पनि देखाउंछ, पार्टी कार्यालयमा बिदेशी आएभने, मुसाले बच्चा लुकाए झैं माक्र्स, लेनिनका फोटो लुकाउंछ, कम्युनिष्ट, सर्वहारावर्गलाई सत्तोसराप गर्छ । उ सधैंभरी कसै न कसैका घरमा खाइरहेको भेटिन्छ । खान नपाएपछि उ त्यो घर छोडेर फेरी अर्को घरमा पस्छ र खान थाल्छ । उ सबैको खेतालो बन्न तयार हुन्छ । जस्तो कि, पहिले कांग्रेस, दरवार, माओवादी यि सबैको भाञ्सा उसले चाहारिसकेको छ । जसजसले खान दिए उ खुसीसाथ बसेको छ र नपाएको भोलीपल्ट फन्किएर हिंडेको पनि छ ।

अहिलेको घोषणापत्रको कुरा गर्दा दुध चाहिं मगभरी पिउन पर्ने तर घांस गोबर गर्न नआउने कांग्रेस एमालेहरुले आफ्ना पुस्तौनी कामका बारेमा भने खुबै चर्चा गर्ने गरेका छन् । जस्तो कि, कांग्रेससंग ०७ सालको मुद्दती खाता छ र उ हरेक चुनाबमा त्यहि व्याज छरेर घोषणापत्र लेख्छ ।त्यस्तै एमालेसंग मनमोहन अधिकारीलाई शिखण्डी बनाएर बामदेब गौतमले चलाएको “सुन शासन” को अनुभव छ, उ त्यसलाई स्वर्णयुग भनेर गीत गाउंछ । पछिल्लो समयमा ०६३ सालपछि माओवादीको कापी चोरेर अलीअली संघीयता, समावेशिता, गणतन्त्र आदि शव्द पनि यिनले तोतेबोलीमा भन्न पनि जानेका छन् । तरचोरेको बुद्धिले पास भइन्न भन्ने कुराको बोध उनीहरुलाई कहिल्यै भएन र अझै चिट चोर्न र कापी सार्ने यिनीहरुको बानी गएको छैन । सबैका आंखाले देखेको कुरा के हो भने, कांग्रेस एमालेहरु सधैं संबिधानसभाका बिरोधी हुन् र यस मानेमा उनीहरु संघीयता, समावेशिता, जनाधिकारका पनि । त्यसैले चुनाबमा सहभागी हुने र सहभागी भएरै यसलाई असफल बनाउने उनीहरुको योजना बिगतले पुष्टि गरेको छ । बिगतको संबिधानसभाको गौंडागौंडामा उनीहरुले आफ्ना कार्यकर्ता तैनाथ गर्न सफल भए । राष्ट््रपति, सभामुख, संबैधानिक समिति सबैमा उनीहरुले कव्जा जमाए र त्यसलाई असफल बनाउन सफल भए । राष्ट््रपति रामबरण यादव, सभामुख सुवास नेम्बाङ्ग, संबैधानिक समितिका सभापति निलाम्बर आचार्ययी सबै संबिधानसभालाई असफल पार्नकै लागि फिट गरिएका पात्र थिए । दुई ठाउंबाट चुनाब जितेर गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री भएको प्रचण्ड सरकारलाई बिस्थापित गरी दुई ठाउंबाट हारेका व्यक्तिलाई प्रधानमन्त्री बनाउनुको मुख्य तात्पर्य नै संबिधान निर्माणमा तगारो हाल्नु नै थियो ।संबिधानसभालाई सत्ताको छिनाझप्टीको संसदमा रुपान्तरण गरिदिनु, संबिधानका मुलभूत विषयहरुमा आफ्नो कुनै अवधारणा कहिल्यै नल्याउनु, माओवादीले ल्याएका सबैखाले अबधारणाको एकोहोरो बिरोध मात्रै गरिरहनु, बिषयगत समिति वा राज्य पुनर्संरचना आयोगले पारित गरेका अबधारणाको बिरोध गरी तुहाउनु आदिबाट संबिधानसभा असफल हुने र उनीहरु सफल हुने अबस्था हामीले देखेकै हो ।

त्यसैले अब हुने संबिधानसभाको चुनाबमा कांग्रेस, एमाले लगायतका नयां संबिधानका बिरोधीहरुलाई मत दिनु भनेकै फेरी उहि कालो इतिहास दोहो¥याउनु र फेरी पनि नयां संबिधान बन्न नदिनु हो । संबिधानका पक्षधरहरुलाई पूर्ण बहुमत आउने गरी ती शक्तिहरु र खासगरी एकिकृत नेकपा (माओवादी) लाई परिवर्तन सहितको संबिधान निर्माणको लागि सुबिधाजनक बहुमत नदिने हो भने नेपालमा फेरी गठन हुने संबिधानसभाको हालत बिगतकै जस्तो हुनेछ । जतिसुकै गुनासाहरु रहेपनि र कमजोरीहरु रहेका भएपनि एमाओवादी बाहेक अरु शक्तिलाई जिताएर परिवर्तनकामी संबिधानको कल्पना गर्नु पानीमा सलाई कोरे आगो बाल्न खोज्नु जस्तो मुर्खता अरु केहि हुन सक्दैन । परिवर्तन बिरोधी जुन राजनीतिक शक्तिहरुका कारणबाट संबिधानसभा जन्मेर पनि र धेरै काम गरेर पनि अकाल मृत्युवरण गर्न पुग्यो, फेरी पनि यसको हत्या हुने गरी जनताले अभिमत कदापी दिने छैनन् । त्यसैले आगामी मंसिर ४ गतेको संबिधानसभाको निर्वाचन नेपालका परिवर्तनकामी शक्तिहरुको मात्र नभई आम शोषित, पीडित र देशभक्त नेपालीहरुको पनि कठिन र चुनौतिपूर्ण परीक्षाको घडी हो । यस्तो अबस्थामा जनताले केहि असन्तुष्टिका बाबजुद एमाओवादीलाई पहिलाको जस्तो निर्णयाधिकार नभएको मत नभई पूर्णाधिकार सहितको जनमत दिनै पर्दछ । यो बाहेकको अन्य बिकल्प भनेको फेरी पनि पुरानै षडयन्त्र र अराजकताई निरन्तरता दिई पूरै देशलाई असफल बनाउने दिशाको यात्रा सिवाय अरु केहि हुने छैन ।