२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेलाई बिहानै चितवनबाट पोखरा नै लगियो



अ+ अ-

काठमाडौं । सहकारी ठगी प्रकरणमा चितवन प्रहरीमा बयान सकिएपछि रवि लामिछानेलाई आज बिहानै पोखरा लगिएको छ ।

चितवनको साहारा सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा उनलाई बयान लिन पोखराबाट चितवन ल्याइएको थियो । दुई दिनसम्म भएको बयान सकिएपछि आज पोखरा पठाइएको प्रहरीले जनाएको छ ।

लाामिछानेलाई मंगलबार बिहान चितवन ल्याएर हिजो बुधबार राति नौ बजेसम्म बयान लिइएको थियो ।

आज बिहानै उनलाई पोखरा पठाइएको चितवन जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले जानकारी दिए । लामिछानेलाई कात्तिक २ मा कास्की प्रहरीले पक्राउ गरेको थियो ।

सहकारी प्रकरणमा बारेमा बयानका लागि लामिछानेलाई रूपन्देही र काठामाडौं पनि लगिएको छ । यसै विषयमा अनुसन्धान गर्न पर्सा प्रहरीले पनि पक्राउ पुर्जी जारी गरिसकेको छ ।