१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने !



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई उपाध्यक्ष बनाउने तयारी गरेको छ । आज बस्ने माओवादी केन्द्रको पदाधिकारी बैठकले उनलाई उपाध्यक्ष बनाउने तयारी गरेको हो । पदाधिकारी बैठक आज अध्यक्ष दालको निवास खुमलटारमा बस्दै छ ।

अध्यक्ष पुष्पकमल दाहालले पुनलाई उपाध्यक्ष बनाउने यसअघि नै बचन दिइसकेका थिए । उनी कात्तिक २६ गतेदेखि नै नियमित बैठकमा सहभागी हुँदै आएका छन् ।

यस्तै लुम्बिनी प्रदेशका पूर्वप्रदेश प्रमुख समेत रहेका अमिक शेरचनलाई पनि माओवादीले उपाध्यक्ष बनाउने तयारी गरेको छ ।

कांग्रेस–एमालेको पछिल्लो गठबन्धन बनेपछि प्रदेश प्रमुखबाट हटेका शेरचनलाई पनि उपाध्यक्ष बनाउने तयारी भएको बताइएको छ ।

२०७२ सालमा उपराष्ट्रपति बनेका नन्दकिशोर २०७९ सम्म पदमा कायम रहेका थिए । पुराना कम्युनिस्ट नेता शेरचन २०७८ सालमा लुम्बिनीको प्रदेश प्रमुख भएका थिए ।

२२ जना पदाधिकारी रहेको माओवादीमा अहिले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरूमा कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा र पम्फा भुसाल उपाध्यक्ष रहेका छन् ।




भर्खरै