२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने !



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई उपाध्यक्ष बनाउने तयारी गरेको छ । आज बस्ने माओवादी केन्द्रको पदाधिकारी बैठकले उनलाई उपाध्यक्ष बनाउने तयारी गरेको हो । पदाधिकारी बैठक आज अध्यक्ष दालको निवास खुमलटारमा बस्दै छ ।

अध्यक्ष पुष्पकमल दाहालले पुनलाई उपाध्यक्ष बनाउने यसअघि नै बचन दिइसकेका थिए । उनी कात्तिक २६ गतेदेखि नै नियमित बैठकमा सहभागी हुँदै आएका छन् ।

यस्तै लुम्बिनी प्रदेशका पूर्वप्रदेश प्रमुख समेत रहेका अमिक शेरचनलाई पनि माओवादीले उपाध्यक्ष बनाउने तयारी गरेको छ ।

कांग्रेस–एमालेको पछिल्लो गठबन्धन बनेपछि प्रदेश प्रमुखबाट हटेका शेरचनलाई पनि उपाध्यक्ष बनाउने तयारी भएको बताइएको छ ।

२०७२ सालमा उपराष्ट्रपति बनेका नन्दकिशोर २०७९ सम्म पदमा कायम रहेका थिए । पुराना कम्युनिस्ट नेता शेरचन २०७८ सालमा लुम्बिनीको प्रदेश प्रमुख भएका थिए ।

२२ जना पदाधिकारी रहेको माओवादीमा अहिले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरूमा कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा र पम्फा भुसाल उपाध्यक्ष रहेका छन् ।