४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

पार्टीले प्रत्यक्षतर्फ दिएको उम्मेदवारी सिंगो विद्यार्थी आन्दोलनको प्रतिनिधित्व हो– हिमाल शर्मा

पार्टीले प्रत्यक्षतर्फ दिएको उम्मेदवारी सिंगो विद्यार्थी आन्दोलनको प्रतिनिधित्व हो– हिमाल शर्मा
अ+ अ-

विद्यार्थी आन्दोलनमा निक्कै सक्रियताका साथ लाग्दै आउनु भएका एकीकृत नेकपा(माओवादी) का केन्द्रीय सदस्य एवम् अखिल (क्रान्तिकारी) का संयोजक हिमाल शर्मा काठमाडौं निर्वाचन क्षेत्र नं ६ का उम्मेदवार हुनुहुन्छ । पहिलो संविधानसभाको निर्वाचनमा तत्कालिन माओवादीका नेता हितमान शाक्यले जितेको क्षेत्रबाट यसपटक नेता शर्मा उम्मेदवार बन्नु भएको छ । विद्यार्थी आन्दोलनमा लाग्दा धेरै यातना समेत खेप्नु भएका शर्माले शिक्षा क्षेत्रमा आमूल सुधार गर्न पनि उत्तिकै संघर्ष गरिरहनु भएको छ । जनताको घरदैलोमा चुनावी अभियानमा लाग्नु भएका शर्माको व्यस्तताका बाबजुद पनि हामीले शिक्षा र चुनावको सेरोफेरोमा रहेर कुराकानी गरेका छौं ।

विद्यार्थी राजनीतिबाट आसन्न संविधानसभाको चुनावमा उम्मेदवार बन्नु भएको छ, कस्तो अनुभूति गरिरहनु भएको छ ?
अहिलेसम्म विद्यार्थी आन्दोलनमा बहालवाला कुनै पनि व्यक्ति चुनावमा उठेको इतिहास नै रहेन छ । विद्यार्थी आन्दोलनमा बहालवाला व्यक्ति नउठेको अवस्थामा म नै पहिलोमा परेको छु । यसले गर्दा मलाई एउटा छुट्टै किसिमको अनुभूति हुने कुरा त भइहाल्यो । सधैं हामी अधिकारका लागि सडकमै आन्दोलन ग¥यौं तर नीति निर्माण गर्ने ठाउँमा पुग्न सकेनौं । काठमाडौ निर्वाचन क्षेत्र नं ६ बाट मलाई पार्टीले प्रत्यक्षतर्फ दिएको उम्मेदवारी सिंगो विद्यार्थी आन्दोलनको प्रतिनिधित्व हो । अब मेरो भूमिका नयाँ ढंगले अगाडि बढ्छ । देश र जनताका लागि सधैं सडकमा आन्दोलन गरिरहने मेरो भूमिका अब नीति निर्माण तहमा पनि सशक्त रुपमा रहन्छ ।

विद्यार्थी राजनीतिको प्रतिनिधित्व गर्दै उम्मेदवार बन्नु भएकाले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान कसरी गर्ने सोंच बनाउनु भएको छ ?
आजसम्म हामीले जति शिक्षा क्षेत्रमा भएका विकृति, विसंगति र समस्याका बारेमा मुद्दा उठाएका छौं ती मुद्दाहरु निष्कर्षमा पुग्न सकेका छैनन् । १२ कक्षासम्मको शिक्षा निःशुल्क बनाउने, शैक्षिक बेरोजगारका निम्ति भत्ताको व्यवस्था गर्ने र दुई खालको शिक्षालाई अन्त्य गरेमा शिक्षा क्षेत्रमा देखिएका समस्याहरु समाधान हुँदै जान्छन् । नेपालका युवाहरुलाई नेपालमै शिक्षा लिएर रोजगार बनाउने शिक्षा नीतिको आवश्यक छ । हामी यस्तो खालको शिक्षा नीति ल्याउँछौं कि जुन शिक्षा नीतिका कारण कुनै पनि युवा बेरोजगार रहनुपर्ने स्थिति आउँदैन । कुनै पनि नेपाली बेरोजगार समस्याले विदेशमा पसिना चुहाउनुपर्ने छैन ।

सबैका लागि शिक्षा भन्ने नारालाई कसरी मूर्तिकृत गर्ने ?
अब यहाँनेर कस्तो शिक्षा भन्ने कुरा पनि आउँछ । गरिब र धनिका छोराछोरीले लिने शिक्षामा भएको विभेदको सबैभन्दा पहिला अन्त्य गर्नुपर्छ । जबसम्म १२ कक्षासम्म निःशुल्क पढ्ने व्यवस्था गर्न सकिदैन र शिक्षामा भएको निजीकरणको अन्त्य गर्न सकिदैन तबसम्म यो नारामा मात्र सीमित हुन्छ । सरकारी विद्यालयमा भएको शिक्षाको गुणस्तरलाई बृद्धि गर्दै निजीकरणको अन्त्य गर्न आवश्यक छ । जनशक्ति र प्रविधिलाई पनि सरकारी स्कुलमा नै केन्द्रित गर्न आवश्यक छ ।

विविध खालका अपाङ्गता भएका व्यक्तिहरुलाई शिक्षित बनाउनको लागि कस्तो खालको शिक्षा नीति बनाउनु पर्ला ?
अहिलेको शिक्षामा जुन दलाली नोकरशाही प्रवृत्ति छ त्यसको खारेज गरेर मात्र वैज्ञानिक र व्यवहारिक शिक्षा दिन सक्छौं । शिक्षालाई कृषिसँग कृषिलाई शिक्षासँग जोड्नु पर्दछ । अपाङताको निम्ति अपाङगहरुको प्रकृति हेरेर पठनपाठनको एउटा छुट्टै विधिको व्यवस्था पनि हुनु प¥यो भनेर पहिलेदेखि नै भन्दै आएका छौं ।

तपाईको मुख्य प्रतिस्पर्धी को हुनुहुन्छ र प्रभाव कस्तो छ ?
म उम्मेदवार हुनु भनेको सबै युवा, मजदुर, किसानको प्रतिनिधित्व हो । पुरातनवादी र यथास्थितिवादी सोच भएका नेपाली काँग्रेसका भीमसेन दास नै मेरा मेरा मुख्य प्रतिस्पर्धी हुन् । प्रतिस्पर्धालाई नजरअन्दाज त गर्न मिल्दैन तर मुलुकको एजेण्डा बोक्ने पार्टी नै एमाओवादी हो । जनताका एजेण्डा नै हामीले उठाएकाले हाम्रो प्रतिस्पर्धीहरुको प्रभावै छैन । हाम्रो संगठन बलियो छ । जनता हाम्रै पक्षमा छन् ।

घरदैलो अभियानमा जुटिरहनु भएको छ, जनताको प्रतिक्रिया कस्तो पाउनु भयो ?
जनताको माओवादीप्रति एकदमै धेरै अपेक्षा छ । यो देशमा माओवादीबाहेक अरुले केही गर्न सक्दैन भन्ने कुरा जनताले बुझिसकेका छन् । हामी जनतासँग भेटघाट र छलफल गरिरहेका छौं । जनताले पनि तपाईहरुकै पक्षमा भोट हाल्छौं भनिरहेका छन् । केही आक्रोश र चिन्ता भएपनि धेरै अपेक्षा जनताको हामीप्रति छ । ठुलो पार्टी हुनुको नाता र विकास र परिवर्तनका लागि निरन्तर लडिरहेको नाताले पनि एमाओवादीको विकल्प नभएको जनताले बुझिसकेका छन् । हामी जनताको घरदैलोमा पुग्दा जनता अत्यन्तै उत्साही भएका छन् ।

कस्ता एजेण्डा बोकेर जनतामाझ जानु भएको छ त ?
काठमाडौं निर्वाचन क्षेत्र नं ६ मा अहिले हामी मुख्यतः दुईवटा एजेण्डा बोकेका छौं । पहिलो संविधान निर्माण गर्ने प्रश्न नै मुख्य बनेको छ । अर्को कुरा शिक्षा, स्वास्थ्य र रोजगार यी तीनवटा एजेण्डा हामीले मौलिक अधिकारमै राखेका छौं । नेपालमा अहिले मुख्य समस्या बेरोजगार हो । ३ वर्षसम्म १० लाख युवालाई रोजगार दिने हाम्रो नीति छ । बेरोजगार युवालाई बेरोजगार भत्ता दिने पनि हाम्रो एजेण्डा हो । म ६ नं को उम्मेदवार भएकाले पनि यस क्षेत्रको विकासका प्रश्नहरु जोडिएका छन् । मैंले यस क्षेत्रका जनतालाई आफ्नो भोटको सदुपयोग गर्न अनुरोध गरिरहेको छु । काठमाडौं जिल्लाको यो क्षेत्रलाई म नमूना योग्य क्षेत्र बनाउन चाहन्छु ।

पहिलो संविधानसभाबाट संविधान बन्न सकेन, अबको संविधानसभाबाट संविधान बनाउँछौं भनेर जनतालाई विश्वास दिलाउने आधार के छ त ?
पहिलो संविधानसभाबाट संविधान बनाउन कसले दिएनन् भन्ने कुरा हामीले जस्ताको त्यस्तै जनतामाझ राखेका छौं । परिवर्तन र यथास्थितिवादीका बीच भएको टक्करका कारण पनि संविधान बन्न सकेन । यसो हुनाको कारण परिवर्तनशील शक्तिको दुई तिहाई नहुनु हो । हामीलाई अब दुई तिहाई दिनुहोस संविधान बनाउने कुरा, देशमा विकास गर्ने कुरा, सबैलाई रोजगारी दिने कुरा र सबैलाई समान शिक्षाको ग्यारेन्टी गर्ने कुराको जिम्मा हाम्रो हो भनेर जनतालाई भनिरहेका छौं । स्पष्ट बहुमत नहुँदा प्रचण्ड प्रधानमन्त्री हुँदा पनि केही गर्न दिएनन् नि प्रतिक्रियावादीहरुले । बाबुराम प्रधानमन्त्री हुँदा बजेट नै ल्याउन दिएनन् यो कुरा त जनताले पनि बुझेका छन् नि । नेपाली जनताको चेतनास्तर धेरै माथि छ । सही के हो गलत के हो जनता आफैले बुझ्छन् ।