४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

जनता एमाओवादीलाई भारी मतले विजयी गराउन आतुर छन् – विशाल खड्का

जनता एमाओवादीलाई  भारी मतले विजयी गराउन आतुर छन् – विशाल खड्का
अ+ अ-


० चुनावी गतिविधि कसरी अगाडि बढिरहेको छ ?
–संविधानसभा निर्वाचनको मिति जति नजिकिँदै छ, त्यति नै चुनाव प्रचार–प्रसारका गतिविधिहरु अत्यन्तै तीव्रतम गतिमा अगाडि बढिरहेको छ । दोलखामा हाम्रो पार्टीले सुरु गरेको पहिलो चरणको अभियान सम्पन्न भइसकेको छ । प्रत्येक गाविसमा जनसभा गर्ने, घरदैलो र भेटघाट गर्ने कार्यक्रमहरु सम्पन्न भएका छन् । अध्यक्ष क. प्रचण्डको प्रमुख आतिथ्यतामा जिल्लास्तरीय केन्द्रिकृत जनसभा पनि सम्पन्न भएको छ । त्यस अवसरमा बीस हजार जनताको सहभागिता रहेको थियो । अरु पार्टी पनि आफ्नो साइजअनुसार कछुवाको गतिमा हिँडदै गरेको देखिन्छ । सबैजसो राजनीतिक दलहरुले चुनावी गतिविधिलाई अगाडि बढाएको भए पनि एमाओवादीले जस्तो चुस्त, व्यवस्थित, सभ्य र भव्य चुनावी कार्यक्रम गर्न सकेका छैनन् । हामीले सञ्चालन गरेको चुनावी गतिविधि भव्यतापूर्वक भइरहेका छन् ।
० चुनाव प्रचारका क्रममा जनताको सद्भाव कस्तो पाउनुभएको छ ?
–हामी गाउँ–गाउँमा र आम जनताको घर–घरमा पुग्दा जनताको हामीप्रतिको आकर्षण एकदमै बढेको छ । जनताले हामीलाई अत्यन्तै आदर र सम्मान गरेका छन् । जनताको हामीप्रतिको आकर्षण हेर्दा हामीले चुनाव जितिसकेको अवस्था छ । अघिल्लो संविधानसभाबाट संविधान जारी हुन नदिने एमाले र कांग्रेसप्रति जनताको आक्रोश छ । जनताले गत संविधानसभा निर्वाचनमा एमाओवादीलाई ठूलो पार्टी त बनायौं तर बहुमत दिन नसकेकोमा थकथकी लागेको बताएका छन् । गत संविधानसभामै एमाओवादीलाई बहुमत दिन पाएको भए मुलुकमा संविधान पनि जारी हुन्थ्यो र आर्थिक समृद्धिको दिशामा मुलुक अगाडि पनि बढ्थ्यो भनिरहेका छन् । यसपटक विगतको परिस्थिति दोहो¥याउन नदिन र एमाओवादीको पक्षमा स्पष्ट बहुमत दिन जनता आतुर भएका छन् ।
० प्रचारप्रसारका क्रममा हालसम्म कति वटा गाविसमा प्रचारप्रसार गरिसक्नु भयो ?
–पहिलो चरणमा हामी २८ वटा गाविसमा पुग्यौं । कार्तिक १३ गतेसम्म पहिलो चरणको कार्यक्रम सम्पन्न गरेर दोस्रो चरणको कार्यक्रम भइरहेको छ । हामी अहिले जनताको घरदैलोमा प्रत्यक्ष भेटघाटमा गइरहेका छौं । गाविसस्तरीय र इलाकास्तरीय कार्यक्रम भइरहेको छ । हामी यतिबेला सबै गाविसहरुमा एउटै खालका कार्यक्रम लिएर गइरहेका छौं । सबै गाविसका कार्यकर्ताहरु एकैचोटी फिल्डमा उत्रेका छन् । हजारौं कार्यकर्ता प्रत्येक दिन गाउँगाउँमा जनताको घरघरमा पुगिरहेको हुँदा यतिबेला दोलखा निर्वाचन क्षेत्र नं. १ एमाओवादीमय भएको छ ।
० दोलखा निर्वाचन क्षेत्र नं. १ मा तपाईको मुख्य प्रतिस्पर्धा कुन दलसँग हुने अनुमान गर्नुभएको छ ?
–गत संविधानसभाको निर्वाचनमा हाम्रो प्रतिस्पर्धा एमालेसँग थियो । त्यतिबेला हामी दोब्बर बढी मतले विजयी भएका थियौं । यसपटक हाम्रो स्थिति अझ बलियो भएको छ । गाउँगाउँमा एमाले र कांग्रेसका कार्यकर्ताहरु दिनदिनै एमाओवादीमा प्रवेश गरिरहेका छन् । त्यसैले हाम्रो प्रतिस्पर्धामा आउन सक्ने अवस्थामा एमाले र कांग्रेस दुवै छैनन् । उनीहरु निकै पछाडि रहेर दोस्रो र तेस्रो हुन प्रतिस्पर्धा गरिरहेका छन् ।
० त्यसो हो भने एमाओवादीको जितलाई अब कसैले रोक्न सक्दैन त ?
–हो, जनताको अपार समर्थन पाएको एमाओवादीलाई दोलखाका दुईवटै निर्वाचन क्षेत्रमा भारी मतले विजयी गराउन जनता आतुर भइसकेका छन् । हाम्रो जितलाई कसैले पनि रोक्न सक्ने अवस्था छैन् ।
० दोलखाका खास समस्याहरु के छन् ?
–देशका अरु भू–भागका जनताको जस्तै यहाँका जनताका पनि मूल रुपमा विकास निर्माणकै समस्या हो । देशको राजधानी काठमाडौंबाट नजिकै (१३० किमी) रहेर पनि यस जिल्लाको विकास जति हुनुपर्ने हो, त्यो हुन सकेको छैन । प्राकृतिक रुपमा समेत अपार धनी जिल्ला दोलखा पर्यटन र उर्जाको विकासमा अत्यन्तै सम्भावना बोकेको जिल्ला हो । पर्यटन प्रवद्र्धन गर्नसक्दा यहाँको जनताको जीवनस्तर माथि उठाउन निकै सहज हुन्छ । उर्जाको क्षेत्रमा कुरा गर्ने हो भने आठ हजार मेघावाट विद्युत उत्पादन हुने सम्भावना रहेको छ । तत्कालै पाँच हजार मेघावाट विद्युत उत्पादन गर्न सकिन्छ । राष्ट्रिय गौरवको योजना माथिल्लो तामाकोशीको निर्माण कार्य चलिरहेको छ । अरु प्रोजेक्टहरु पनि छन् । कतिपय काम हुन थालेका छन् । त्यसलाई पूरा गर्ने काम गर्नु अहिलेको मुख्य आवश्यकता हो । त्यसैमा जनताको भविष्य अडिएको छ । हामीले यसलाई चुनावी एजेन्डा बनाएका छौं ।
० एमाओवादीमा प्रवेशको लहरचाहिँ कस्तो छ ?
–मैले अघि नै भनिसकें नि दोलखामा एमाओवादीप्रतिको आकर्षण एकदमै उत्साहजनक छ । कांग्रेस र एमालेका संगठनहरुमा दिनदिनै पहिरो चलेको छ । जुन पहिरोलाई कुनै पनि जाली भरेर र बार लगाएर रोक्न सकिने छैन । जुनसुकै गाविसमा पनि १०० भन्दा बढी स्थानीय तहका नेता कार्यकर्ता एमाओवादीमा प्रवेश गरिरहेका छन् ।
० जनताका गुनासाहरु के छन्, भावी दिनमा उनीहरुको गुनासाहरुलाई कसरी सम्बोधन गर्नुहुन्छ ?
–जनताको गुनासो हिजोदेखि आजसम्म यो छ कि जुनसुकै नेतालाई जिताएर पठाए पनि निर्वाचनपछि गाउँ फर्कदैनन् भन्ने । यो गुनासोलाई मेटाउनका लागि मैले जनसम्पर्क कार्यालय खोल्ने, त्यसलाई व्यवस्थित गर्ने र गाउँस्तरसम्म त्यसलाई विस्तार गरेर लैजानेछु । त्यो सँगसँगै विकास निर्माणका सवालमा पनि मेरा आफ्नै केही योजनाहरु छन् तिनलाई पूरा गर्न विशेष पहल गर्नेछु । चाइनासँग जोड्ने लामाबगरको बाटो निर्माण गर्ने, जिरीबाट किर्नेटार, मन्थली हुँदै सोलु सल्लेरी र चाइनासँग जोडने बाटो निर्माण (उत्तर दक्षिण जोड्ने बाटो निर्माण गर्दा भारत र चाइना जोड्न २०० किमी हुन्छ ।) त्यसलाई मूल एजेन्डा बनाएको छु । अर्को कुरा एउटा क्षेत्रको जनप्रतिनिधि हुने र अर्को क्षेत्रमा पार्टी काम गर्ने जुन परम्परा छ, त्यसलाई छाडेर म त्यही क्षेत्रका जनताको काम गर्नेछु । अर्को कुरा म युवा पनि भएकोले खेलकुदको क्षेत्रमा युवाहरुको लागि एक गाविस एक व्यवसाययिक क्लव बनाउने उद्देश्य लिएको छु । हाम्रो निर्वाचन क्षेत्रको जिरीमा एसियास्तरको रंगशाला बनाइने छ । जिरीमा त्यस किसिमको खेल मैदान बनाउन सकियो भने त्यो क्षेत्रको खेलकुद विकासमा महत्वपूर्ण योगदान पुग्नेछ । समग्रमा यिनै विषयहरुलाई पूरा गर्ने कोशिस गर्नेछु ।
० जनयुद्धका शहीद वेपत्ता परिवारका समस्या पनि छन्, उनीहरुका समस्या समाधानका लागि चाहिँ के गर्नुहुन्छ नि ?
– हो, शहीद, बेपत्ता परिवारलाई राज्यका तर्फबाट जुन रुपमा सम्मान गर्नुपर्ने हो त्यसअनुसारको सम्मान गर्न सकेको छैन । म आफू स्वयम् पनि शहीद परिवारकै व्यक्ति भएकोले मैले आफूलाई उनीहरुको समस्या समाधान गर्ने अवसरका रुपमा लिएको छु । वर्गसङ्घर्षको हिसावले पनि हिजो जनयुद्ध सुरु हुनुभन्दा अगाडि नै युद्ध सुरुवात भएको र पार्टी भूमिगत गएको जिल्ला दोलखा हो । त्यस हिसावले पनि हामीलाई जनताले अपार माया गरेका छन् । म जनप्रतिनिधि भएर गएपछि जनताको यो अपार मायाको सम्मान मैले त्यो जिल्लाको विकास निर्माणदेखि हरेक तहको काम गरेर पूरा गर्नेछु ।
० अन्त्यमा थप के भन्नु हुन्छ ?
–हामी संविधानसभाको निर्वाचनको संघारमा छौं, यसअघि पनि कयौंपटक निर्वाचन भएका छन् । पञ्चायतकालमा हुनेजस्तो निर्वाचन जसरी अहिले पनि केही पार्टी र तिनका उम्मेद्वारहरु जनतालाई अनेक भ्रमजालमा पारेर पैसाको चलखेल गर्न थालेका छन् । यसपटक दोलखाली जनताले त्यो परिपाटी बोकेका पार्टीहरुलाई पराजित गर्न सचेततापूर्वक लागेका छन् । हामी पनि उनीहरुको षड्यन्त्र चकनाचुर पार्न गम्भीरतापूर्वक लागेका छौं । सचेत जनता कसैको खेतालो बन्न सक्दैन । दोलखाली जनताले जुन माया र सद्भाव एमाओवादी पार्टी र हामीलाई गर्नुभएको छ । मंसिर ४ पछि हाम्रो पार्टीले बहुमत प्राप्त गरेर स्थायी सरकार निर्माण गर्ने र जनताको अधिकार स्थापित हुनेखालको संविधान हामी दिनेछौं । भावी पुस्ताको लागि समुन्नत नेपाल निर्माणको अभियान हामी सुरु गर्नेछौं । यो अभियानमा तपाईहरु सबैको साथ रहोस् यही आग्रह गर्दछु ।