४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

जितमा मात्तिने र हारमा आत्तिनेहरु

जितमा मात्तिने र हारमा आत्तिनेहरु
अ+ अ-

  शिबराज भण्डारी   –

 

अहिले सम्म को घटना क्रम हेर्दा प्रचण्डमा राज नेता हुने कुनै गुण देखेको छैन, सबै भन्दा ठुलो कुरो जनमत को कदर गर्न्र सक्नु हो, जितमा मात्तिने र हारमा आत्तिने व्यक्तिले कहिलेपनि देशको भलो चिताउन सक्दैन.दोस्रो संविधान सभाको चुनावले सबभन्दा घाटा व्यक्तिगत रुपमा प्रचण्डलाई हुनेछ । अबको कदमले उनको नेतृत्व शक्तिको वास्तविक परीक्षण हुनेछ । पहिलो झैँ दोस्रो संविधान सभाको निर्वाचनको परिणाम पनि अप्रत्याशित रह्यो। जसको अजेन्डा संविधान सभाबाट संविधान बनाउने भन्ने थियो, उही तेस्रो शक्तिमा खुम्चिने  परिणामले देखाइसकेको छ । र, यो अजेन्डाको नेतृत्व गर्ने प्रचण्ड काठमाडौँको १० नम्बर क्षेत्रबाट कांग्रेस र एमालेका उम्मेदवारभन्दा कम भोट पाएर तेस्रो स्थानमा पछारिएका छन् । उनको हार सुनिश्चित भयो, कांग्रेसका राजन केसीले मतअन्तर बढाउँदै जाँदा नै देखिसकिएको थियो । तर एमालेका उम्मेदवार भन्दा पनि पछाडि परेर तेस्रो हुनु लज्जास्पद पराजय हो । पहिलो संविधान सभामा जनताले ठूलो दल बनाइदिएपछि पनि उनीहरुसँग गरेका वाचा र प्रतिवद्धता पूरा गर्न नसक्दा यो पराजय भोग्नु परेको हो । एक पटकको जनादेशलाई स्थायी जनादेश ठान्ने भूल उनले गरेका थिए । तर अर्को भूल गरे  पत्रकार सम्मेलन गरी मतगणना प्रक्रिया तत्काल रोकी छानबिन गर्न, नभए संविधान सभामा नजाने घोषणा गरेर । बहिस्कारले वैधतामा प्रश्न उठ्दैन मतदानका बेला धाँधली भए, मतपेटिका ओसार्ने क्रममा धाँधली भएको भए र मतपेटिका गन्ने क्रममा धाँधली भएको भए त्यतिबेलै विरोध गरेको भए यसको एउटा अर्थ रहन्थ्यो होला । मत गनेर हार्न थालेपछि गरिएको बहिस्कारले निर्वाचनको वैधतामा प्रश्न उठ्ने छैन । बरु उनको बहुदल र लोकतन्त्रप्रतिको प्रतिवद्धतामाथि प्रश्न उठ्नेछ । फेरि यो एउटा गैरदलीय सरकार पनि भएकोले तुलनात्मक रुपमा यसले अरुभन्दा कमै दोष पाउनेछ । कुनै एउटा दलको सरकारले गरेर अर्को दल हारेको भए जनता भुलाउने नारा सहज हुनसक्थ्यो । तर एमाओवादी कै प्रस्तावमा बनेको प्रधान न्यायाधीशको गैरदलीय सरकारले निर्वाचन गराएको छ । यो सरकारै एमाओवादीको कठपुतली हो, धाँधली होला भनेर त बरु गैरमाओवादी डराएका थिए । हार्ने चुनाव माओवादीले हुन दिँदैन भनेर चुनावै नहुने कुरामा डराएका थिए बरु धेरै । जितमा मात्तिने र हारमा आत्तिने पार्टी र नेतृत्वले देश र जनतालाई सधै बर्वादी तर्फ डोर्‍याइरहेको हुन्छ भन्ने कुराको प्रतक्ष्य उदाहरण प्रचण्ड र उनले नेतृत्व गरेको पार्टी हो । प्रचण्डमा एउटा नेतामा हुनु पर्ने न्यूनतम गुण – धैर्यता, सहनशीलता, शालीनता र दुरदर्शिता जस्ता कुराहरु हुन्थ्यो भने इतिहासले उनलाई संविधान सभाको पहिलो निर्वाचन पछि आजसम्मकै नेपालको इतिहासमा कुनै पनि नेपाली नेताले प्राप्त गर्न नसकेको इज्जत र सम्मान प्राप्त गर्ने अवसर प्रदान गरेको थियो । तर विडम्वना, संविधान सभाको पहिलो निर्वाचन पछि आम नेपाली जनताको चाहना बिपरित उनिहरुमा अहंकार यति चुलिएर गयो कि अरु पार्टी र ब्यक्तिहरुलाई उनिहरु भुसुनो बराबर पनि देख्न छोडे र देशलाई आफ्नो बपौती नै ठान्न थाले । भनाई छ नि  केजातिलाई घिउ पच्दैन भन्ने (बाबुराम भट्टराई यही उखान बारम्बार प्रयोग गर्छन अरु नेताहरुलाई अपमानित गर्न)। नेपाली जनता सोझा अबस्य छन, तर प्रचण्ड मण्डलीले ठाने जस्तो लाटा चैं छैनन् ।उनिहरु लामो प्रतिक्षामा बसे धैर्यतापूर्बक माओवादी अत्याचारको हिसाब चुक्ता गर्न र प्रचण्ड-मूर्खतालाई सजाय दिन – जुन उनिहरुले यो संविधान सभाको निर्वाचन मार्फत दिए पनि । अब पनि मतगणना बहिस्कार, संविधानसभा बहिस्कार जस्ता तल्लो दर्जाको जगहसाई गर्ने बचकना नाटक गर्नु भन्दा बेलैमा यो पार्टिले प्रचण्डको बिकल्प खोज्न थाल्नु बुध्दिमानी ठहरिने छ ।प्रचण्डले आफूलाई घेराबन्दीमा पारिएको बताएका छन् । तर घेराबन्दीमा पर्ने काम उनी आफैले पनि गरेका हुन् । ठूलो दल बनेपछि रातारात उनको र आसेपासेको जीवनशैलिमा भएको परिवर्तन, भ्रष्टाचार, दम्भको घेरामा उनी आफै फँसेका हुन् । संविधान सभामा जान्नौँ भने पनि उनले अब यो परिणामलाई स्वीकार्नुको विकल्प छैन । अब उनले आफ्नो अजेन्डाका लागि राजनीतिक रुपमा दबाब दिने हो । त्यो गर्न बन्द हड्ताल गरे जनताबाट उनीहरु झनै टाढिने छन् । मान्छे मर्ने गरी बम हानेर नहुने रहेछ भनेर त वैद्यको आन्दोलनले पनि देखाइसक्यो । जंगल जाने धम्की दिन अब लडाकु बाँकी छैन । भुँडी धेरै लागिसक्यो, पजेरोमा बानी परिसक्यो- जंगल पस्न गाह्रो छ । हाम्रो सत्ता आउँछ भनी उनको लागि हतियार उठाउने युवा यसरी हुने रहेनछ हाम्रो टाउकोमा टेकी यिनीहरुले पो विलासी जीवन बिताउने रहेछन् भनेर बुझिसके । जनता माओवादीको आश र त्रासबाट मुक्त भइसकेकोले यो परिणाम आएको हो । माओवादीले आफू अनुकूलको संविधान नबन्ने भएपछि संविधान बन्नै नदिने अधिकतम् प्रयास गर्नेछन् जसले यो संविधान सभाले पनि संविधान बनाउन नसक्ने खतरा हुनेछ । सारा देशका परिणाम आउँदा बल्ल भावी संविधान सभाको स्वरुप कस्तो हुने हो प्रष्ट हुनेछ । बहुमत कसैको पनि नआउने निश्चितै छ । माओवादी तेस्रो शक्ति बन्नेछ भन्ने अहिलेसम्मको अनुमान हो । संविधान बनाउन दुई तिहाई बहुमत आवश्यक हुन्छ । माओवादीको सहमति बिना दुई तिहाई पुग्ने छैन । प्रत्यक्षभन्दा बढी सिट भएको समानुपातिकतर्फको मत गन्न बाँकी नै छ । त्यसमा अन्तरिम संविधान र गणतन्त्र नै नमान्ने राप्रपा नेपालको उपस्थिति कस्तो हुने हो हेर्न बाँकी छ । अन्ततः संविधान बनाउन अवरोध यी दुई पार्टीले खडा गर्न सक्नेछन् । अघिल्लो संविधान सभाले सकाइसकेका कामको जिम्मा लिएर विवादका बाँकी विषयमा मतदान प्रक्रियामा जाने र त्यसबाट पनि टुङ्गो नलागे जनमत संग्रहमा जाने संविधान बन्ने सरल मार्गचित्र हो । तर हिजो आफ्नो पक्षमा बहुमत हुँदा चाहिँ त्यही प्रक्रियामा नजाने, अब अरुको पक्षमा बहुमत हुँदा चाहिँ किन जाने भनेर माओवादीले बखेडा गर्नेछ । पार्टीभित्रै पनि अब प्रचण्डको नेतृत्वप्रति प्रश्न उठ्नेछ । देशीविदेशी शक्तिले आफूलाई भ्रष्टाचारको अभियोगमा जेल पार्न सक्ने, हेग पुर्‍याउन सक्नेसम्मका आंकलन उनले गरेकै होलान् । धूर्त प्रचण्डले यी सबको मूल्याङ्कन गरी कसरी आफ्नो बचाउ गर्ने हुन् हेर्न बाँकी छ । यदि उनी दूरदर्शी नेता हुन् भने जनमतको कदर गर्दै हारलाई स्वीकार गरी किन यस्तो स्थितिमा आइपुगियो भनी कुनै एउटा रिसोर्टमा हैन शान्त गाउँमा गएर ठण्डा दिमागले सोच्नेछन्- जनताले ठूलो दल बनाएर पठाएपछि जनताको पीरमर्का बुझ्यौ कि सम्पति थुपार्न र विलासी जीवन बिताउन तिर लागे कमरेडहरु ? पैसाको बलले चुनाव जितिँदो रहेछ कि जनताको मन जितेर ? त्यसैले हार स्वीकार प्रचण्ड र जनताको शक्तिलाई बुझ । जनताको मन जितेर अर्को पटक फेरि बहुमतका साथ चुनाव जित्ने वातावरण बनाउन समय खर्च । जनताको मन जित्यौ भने यिनै जनताले अर्को पटक पहिलेको भन्दा बलियो स्थितिमा पुर्‍याउन पनि सक्छ । जनताको अपमान गर्‍यौ भने अस्तित्वै मेटिन पनि सक्छ । ६२/६३ को आन्दोलनमा म पनि निस्केको थिएँ आमाले समेत जान मन भए जा भने । माओवादीले ६ दिन लगातार बन्द गर्दा पनि स्वतस्फूर्त रुपले बसन्तपुरमा गएको थिएँ । त्यति बेला प्रचण्डले नै हामी सबलाई सुकिला मुकिला भनेर गाली गरेका म कहिल्यै बिर्सन्न । यसपालिको नतिजाको हरेक उतार चडाव हेरिरहेका छौ  हरेक चोटि प्रचण्ड हिसिला तल देख्दा मख्ख परिन्थ्यो म मात्र हैन मैले भेटेको सब जना हार भनेको पनि एक किसिमको जीत नै हो तर हारेपछी हारियो भनेर फेरि गल्ति गर्नु हुन्न, धर्य गर्न जान्नु पर्छ र अब मावोबादिले आक्रोसित भएर हिन्सा तीर होईन जनताको मन जित्न तीर लाग्नु पर्छ अब सम्पुर्ण कार्यकर्ताहरू र नेताहरू मिलेर बिकास निर्माण मा लाग्नु पर्छ , यो संबिधान सभा भनेको सरकारमा जाने होईन संबिधान निर्माण गर्ने हो बल्बुता लगाएर जनताको संबिधान बनाउने तीर लाग्नु पर्छ र त्यसपछी हुने चुनाबमा दुई तिहाइ बहुमत ल्याउने गरि काम गर्नु पर्छ , दुई तिहाइ बहुमतले भोलि संबिधान को धार निर्माण र परिवर्तन गर्न सकिन्छ , मावोबादीले जनताको मान् सम्मान गर्न जान्नु पर्छ नैतीक अनैतिक छुट्टियाउनु पर्छ , त्याग् गर्न जान्नु पर्छ , महलमा बस्ने, जनतालाई कृषि क्षेत्रमा सहयोग गर्नु पर्छ , कार्यकर्तालाई कृषि तालिम दिएर अब जनतालाई आम्दामी हुने बाताबरण बनाउने तीर लाग्नु पर्छ , बिजुली पानी र बाटो घाटो स्व लगानीमा कसरी गर्न सकिन्छ छलफल र सहकार्य गरेर फास्ट काम गर्नु पर्छ लाखौं कार्यकार्ताले काम गरे देखि नहुने केही छैन् र यदी भयो भने भोलि दुई तिहाइ बहुमत जनताले आँखा चिम्लेर दिन्छन् ।