• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

नेपथ्यको साङ्गीतिक यात्रा सुरु हुँदै



विराटनगर, १७ मङ्सिर –
नेपथ्यले ‘शान्तिका लागि शिक्षा सङ्गीत यात्रा–२०७०’ अभियान सञ्चालन गर्ने भएको छ । मङ्सिर २१ गते चितवनवाट सुरु भई २३ गते मोरङको विराटचोक र २५ गते झापाको दमक समेतका अन्य १० स्थानमा कार्यक्रम सञ्चालन गर्ने आयोजकले जानकारी दिएको छ । यो संस्थाले यसअघि सन् २००० देखि २०१२ सम्ममा ‘शान्तिका लागि शिक्षा र सुन्दर शान्त नेपाल’ दुई वटा अभियान सम्पन्न गरिसकेको छ ।

राजनीतिमा फरक विचारधारा, लडाईं बन्द र हिंसाको चपेटामा परेका बालबालिकालाई ढुक्कसँग पढ्ने वातावरण सिर्जना गर्नु यात्राको उद्देश्य रहेको संयोजक अर्जुन राईले बताउनुभयो । कार्यक्रमबाट सङ्कलन भएको रकम बालबालिकाको हितमा खर्च गर्ने आयोजकले जानकारी दिएका छन् ।