• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   जङ्गलभरि आगलागी: बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु ★   धनुषाको औरही गाउँपालिकामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप ★   बझाङ उपनिर्वाचन: उम्मेदवारका साझा एजेण्डामा ताक्लाकोट सडक ★   त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम ★   ‘सरकारको अल्टिमेट गोल भनेको सुखी नेपाली र समृद्ध नेपाल नै हो’: प्रधानमन्त्री दाहाल ★   मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु ★   आईपीएल: दोस्रो स्थानको लागि हैदरावाद र दोस्रो जितको लागि बेंगलुरु भिड्दै ★   सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छ: प्रधानमन्त्री ★   जब पन्तले धोनीको सिग्नेचर हेलिकप्टर शट खेले… ★   प्रचण्डविरुद्ध खनिए बाबुराम : अनर्गल झुट र जालझेलका प्रपन्च रचेर चरम अशोभनीय हर्कत गर्दैछन् !

पहिलो पटक बन्यो एसएलसीको कार्यविधि



काठमाडौं, २ पुस । एसएलसी परीक्षामा आइपर्ने सास्या तथा त्रुटीलाई सच्याउन पहिलो पटक आन्तरिक कार्यविधि निर्माण भएको छ । कार्यविधि अभावमा परिक्षा नियन्त्रण कार्यालयका कर्मचारिको विवेकमा काम गर्दा समस्या आएपछि माध्यमिक शिक्षा परीक्षा समितिले कार्यविधि निर्माण गरेको हो ।

परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक प्रह्लाद अर्यालका अनुसार पहिलो पटक आन्तरिक कार्यविधि आइतवार स्विकृत भएको हो । पहिले कार्यविधि नहुँदा पुराना चलन अनुसार काम हुन्थ्यो, नयाँ कर्मचारी आउँदा अन्योल हुँने गथ्र्यो, उपनियन्त्रक अर्यालले भने व्यक्तिगत सम्बन्धका आधारमा पनि त्रुटिबारे निर्णय हुन सक्थ्यो ।

आन्तरिक कार्यविधि बनेपछि कुनैपनि समस्या लिएर आउने सेवाग्राहीलाई एउटै व्यवहार हुने भएको छ भनेर नयापत्रिका दैनिकमा छापिएको छ । पुरान प्रमाणपत्र सच्याउन आउनेलाई व्यवस्थि तगर्न कार्यविधिबाटसजिलो हुँने कर्मचारीको भनाई छ ।