९ बैशाख २०८२, मंगलवार
April 22, 2025 Tuesday

28.27°C

काठमाडौं

28.27°C

Kathmandu

Feels-like: 27.63

Wind: 4.12

Humidity: 36

Latest
स्वास्थ्य बिमा कोषमा आम्दानी बढाउन बिमा बोर्डद्वारा विभिन्न योजना सार्वजनिक मिसन ०८४ मा हेरौँला, एमाले बिनाको नेपाल हुन्छ की के बिनाकोः प्रधानमन्त्री ओली शिक्षामन्त्रीले राजीनामा दिनुभयो, सञ्चारमाध्यमले ममाथि योजनावद्ध रुपमा आक्रमण गरेः प्रधानमन्त्री ओली शिक्षकहरूका समस्यालाई हल्का रूपमा नलिनू, गम्भीर परिणाम भोग्नुपर्लाः अध्यक्ष दाहाल नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट पूर्वराजा शाहमाथि प्रधानमन्त्रीको आरोपः टेलिफोनको तार काटेर लगेका थिए, अझै फिर्ता गरेका छैनन् मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री तरकारी खेतीबाट आत्मनिर्भर मीना कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको हो: प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

पथ्थरी- के खाने के नखाने



अ+ अ-


हाम्रो शरीरमा दुइ मृगौला हुन्छ । कसै कसैमा एउटा मात्र हुन्छ तापनि त्यसले उत्तिकै कार्य सम्पादन गर्न सक्छ । नेपालमा मृगौला रोगबाट जुनसुकै उमेरका मानिसह ग्रसित हुने गरेपनि प्राय बीस देखि ५० वर्ष सम्मका मानिसहरु ज्यादा प्रभावित भएको तथ्यांकबाट देखिएको छ । मृगौलाले शरीरका विकारहरु बाहिर निकाल्छ र शरीरमा पानीको मात्र सन्तुलित राख्छ । रगतमा सोडियम र पोटासियमको मात्रा सन्तुलनमा राख्न सघाउँछ । एसिडलाइ पनि सन्तुलित राख्छ । शरीरमा पानीको मात्रा कम भयो भने पत्थरीको संभावना हुन्छ ।

कतिपय मानिसलाइ गर्मीमा पसिना ज्यादा आउने भएकाले शरीरमा पानी सन्तुलित राख्न सधैँजसो कम्तीमा ४ देखि ५ लिटर पानी पिउनु आवश्यक छ । मृगौलाले दूषित पदार्थ छानेर पिसावबाट निकाल्ने गर्छ । पत्थरी भएको लक्षण पिसाब खुलस्त नहुनु वा छिनछिनमा भइरहनु हो । पिसाब पोल्ने ढाड तथा कम्मरको पछाडीका अन्य भाग दुख्ने मुत्राशय दुख्ने आदि अन्य लक्षण हुन् । मुत्रनलीबाट पत्थरी तल्लो भागसम्म आएको छ भने पिसाव फेर्न ग्राहो हुन्छ । पिसावमा धेरै वा थोरै रगत देखा पर्न पनि सक्छ । कोलेस्टोरल, अक्जालेट, फसकेट, युरेट्‍स, युरिक एसिड आदि तत्वहरु मिलेर पत्थरी बन्छ । यस्ता तत्वहरु प्राय खानपिनको अनियमितताले हुनेगर्छ । हाम्रो समाजमा ढुङ्गाको सिलौटामा मसला र अचार पिसेर खानाले मृगौलामा जम्मा हुन्छ भन्ने धारणा छ तर यो लगत हो ।

पत्थरीको बिभिन्न प्रकारका हुन्छन् । क्याल्सियम अकजालेट स्टोनमा अत्यन्त कडा हुने भएकाले यसले असहय दुखाउँद । थोरै पानी पिउनेहरुमा यस्तो पत्थरी हुने गर्छ । युरिकएसिड स्टोन युरिक एसिड बढी हुने मानिसहरुमा पाइन्छ । यस्ता पत्थरी एक्सरेमा देखिदैन । यसलार्इ रेडियोलुसेन्ट स्टोन पनि भनिन्छ । स्ट्‍याकहर्न स्टोन बाह्‍र्सिगेको जस्तो सिग भएको आकारका हुन्छन् ।

पत्थरी बन्नुका प्रमुख कारणमध्ये खानपिनमा लापर्वाही मुख्य हो । असन्तुलित भोजनले पत्थरी बन्न सहयोग पुयाउँछ । चिया, कफि, मासु,चिल्लो पदार्थ आदिले शरिरमा एसिड पैदा गर्न सक्ने भएकाले त्यस्ता पदार्थको सेवन गर्न काम गर्नु पर्छ। क्याल्सियम प्रकृतिको पत्थरी छ भने दुध तथा त्यसबाट तैयार पारिएका परिकार कम खानु पर्छ । पोटासियमयुक्त फलफुल तथा सागपात खादा पत्थरी बन्ने संभाना कम हुन्छ । आक्जलेट प्रकृतिको पत्थरि छ भने पालुडे, कर्कलो, पुदिना, सहिजन, तिल, बदाम, चिया आदि कम खानु पर्छ । युरिक एसिड पत्थर छ भने रातो मासु, कलेजो, गेडागुडी, चिल्लो तथा वियर जस्ता पेय पदार्थ खानै हुँदैन ।

मौसम अनुसार पाउन सकिने फलफूल स्याउ, अनार, खरवुजा, केरा, मेवा आदि खान सकिन्छ । पिसावनली, पिसाव थैलीको मुखमा तथा पिसाव निस्कासन गर्नने नलीमा पनि अड्किएर रक्तस्राव जस्ता जटिलता उत्पन्न हुन सक्ने समस्याबाट पनि सतर्कता अपनाउनु पर्दछ ।




भर्खरै