१० असार २०८३, बुधबार
,
Latest
थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न रास्वपा महाधिवेशन: तातेको निर्वाचन माहोल- फोटो फिचर छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता कर्णालीका यातायात कार्यालयबाट ११ महिनामा ३१ करोड २३ लाख राजस्व संकलन, करको मुख्य हिस्सा सवारीसाधनबाट आज पनि सुनचाँदीको मूल्य घट्यो सत्तामा पुगेपछि सुशासनको वाचा बिर्सिएको महासचिव पाेखरेलकाे आरोप रास्वपा महाधिवेशन निर्वाचन : ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा आउने दाबी विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्न पाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतमा देखिएको समस्या समाधान गर्न राजनीतिक दलहरु अग्रसर हुनुपर्ने बेला आयोः अध्यक्ष भट्टराई



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्न राजनीतिक दलहरु अग्रसर हुनुपर्ने बेला आएको बताउनु भएको छ । 

सोमबार नेपाल बार एशोसिएशनले ज्ञापन पत्र बुझाएपछि उहाँले न्यायालयको विकृति र विसंगति अन्त्यका लागि नेपाल बारले उठाएको आन्दोलन व्यक्ति विशेषका लागि नभएको पनि स्पष्ट पार्नु भयो । पूर्व प्रधानमन्त्री समेत रहनु भएका भट्टराईले अदालतमा देखिएका ती समस्याबारे बोल्न दलहरुले अव ढिलाई गर्न नहुने बताउनु भयो । उहाँले राज्यका अंगभित्र भएका समस्या आफै हल गरुन भन्ने आफूहरुको चाहना रहेपनि अव सत्तारुढ गठबन्धनले त्यो समस्या समाधानका लागि चाँडै पहल गर्नुपर्ने बताउनु भयो । 

उहाँले भन्नु भयो, ‘राज्यका अंग भित्र भएका समस्या आफै हल गरुन भन्ने हाम्रो चाहाना हो,तर, अहिले गठबन्धनको एउटा राजनीतिक संयन्त्र बनेको छ, यो राजनीतिक संयन्त्रले अब चाडै न्यायालयको समस्याको विषयमा साझा धारणा बनाएर निकास खोज्ने प्रयास गर्नेछ । समाजवादी पार्टीको धारणा पनि राज्यका संरचनामा समस्या छ । यस्ता समस्याको विषयमा छलफल हुनुपर्छ । अव कुनै पनि बहानामा यसलाई संरक्षण गर्नु हुँदैन भन्ने धारणा छ ।’

अध्यक्ष भट्टराईले अदालतको बारेमा कानुन व्यवसायीहरुले उठाएको विषय स्वभाविक भएको पनि बताउनु भयो ।