२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुल्दैछन् एचआइभी सङ्क्रमितहरु



अ+ अ-

चितवन, ५ पुस –

चितवनका विभिन्न क्षेत्रमा थप १५ जना एचआइभी सङ्क्रमित फेला परेका छन् । आठ दिन गाउँगाउँमा गरिएको परीक्षणबाट यी नयाँ सङ्क्रमित फेला परेको हो । दुई हजार १२० जनाको रक्त परीक्षण गरिएकामा १५ जनालाई एचआइभी सङ्क्रमण भएको पुष्टि भएको एचआइभीसम्बन्धी काम गर्दै आएको संस्था एएचएफका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले जानकारी दिए । सङ्क्रमितहरुलाई समाजमा खुल्ने वातावरण निर्माण गरी समयमै स्वास्थ्य सेवा दिने उद्देश्यले परीक्षण शिविर चलाइएको थियो ।

 

गएको हप्ता यहाँ आठ दिनसम्म विभिन्न गाविस र भरतपुर नगरपालिकामा परीक्षण शिविर सञ्चालन गरिएको थियो । यसअघि चितवनमा ९८१ जना एचआइभी सङ्क्रमित भेटिएकामा अब थपिएर सङ्क्रमितको सङ्ख्या ९९६ जना पुगेका छन् । यहाँका आठ गाविस र भरतपुर अस्पतालमा रक्त परीक्षण गरिएको थियो । गाउँगाउँमा सङ्क्रमित देखिनुले अझै मानिसहरु खुल्न नचाहेको पुष्टि भएको जानकारहरु बताउँछन् । मङ्सिर अन्तिमदेखि पुसको पहिलो सातासम्म घुम्ती रक्त परीक्षण शिविर सञ्चालन गरिएको थियो । विशेष प्रकारको किटको सहायताले एचआइभीको परीक्षण गरिएको संयोजक सापकोटाले बताउनुभयो । जिल्ला जनस्वास्थ्य कार्यालय, भरतपुर अस्पताल र एएचएफ संस्थाको संयुक्त आयोजनामा यहाँ कार्यक्रम सञ्चालन गरिएको हो ।

 

माडी, बछौली, शक्तिखोर, दारेचोक, मङ्गलपुरलगायत क्षेत्रमा गरिएको परीक्षणमा सङ्क्रमितहरु फेला परेका हुन् । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चार जना सङ्क्रमित फेला परेका छन् । केही जिल्ला बाहिरका समेत छन् । सङ्क्रमितमध्ये अहिले चितवनमा कुल ५४१ जनाले भरतपुर अस्पतालबाट एआरटी सेवा पाउँदै आएका छन् । फेला परेका नयाँ सङ्क्रमितहरुलाई अब भरतपुर अस्पतालमा ल्याएर एआरटी सेवा उपलब्ध गराउने सापकोटाले बताए । सो क्रममा पेट, छाती र पाठेघरको स्वास्थ्य परीक्षणसँगै औषधिसमेत वितरण गरिएको सापकोटाले बताए ।

 

चितवनमा अहिले करिब दुई हजारको हाराहारीमा एचआइभी सङ्क्रमितहरु रहेको अनुमान गरिएको छ ।