६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतै नहुने त होइन नेफ्टा अवार्ड ?



अ+ अ-

काठमाडौँ, ७ पुस । 

मलेसियामा सम्पन्न गरिने भनिएको नेफ्टा अवार्डको मिति स्थगित भएको छ । पहिले नेफ्टा अवार्डलाई कार्तिक २३ गते सम्पन्न गरिने जानकारी थियो । दोस्रो पटकको डिसेम्वर २५ अर्थात क्रिसमस डेका दिन मलेसियामा सम्पन्न हुने भनियो । तर त्यो डेटमा पनि नेफ्टा अवार्ड नहुने भएको छ । यद्पी अवार्डको नयाँ मिति तोक्न र व्यवस्थापनको अनुगमन गर्न नेफ्टा टोली पुस ६ गते शनिबार मलेसिया तर्फ उडेको छ । टोलीमा जुरी सदस्य सुनिल थापा, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी, संघका उपाध्यक्ष प्रकाश महरा र सदस्य शंकर छन् ।

 

 

अध्यक्ष मनोज केसीले अवार्डको तेस्रो मिति चाँडै नै तय गरिने बताएका छन् । अवार्डको मिति सर्दै जाँदा कतै नेफ्टा अवार्ड नहुने त होइन ? भन्ने प्रश्नमा अध्यक्ष मनोज केसीले भने टाउकोले टेकेरै भएपनि मलेसियामा अवार्डलाई सम्पन्न गर्ने दाबी गरे।